काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जेनजी आन्दोलनका कारण देशको स्वाधीनता खतरामा परेको बताएका छन् । शनिबार आठ दलको अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष यादवले देशको स्वाधीनता खतरामा परेका कारण अग्रगामी मोर्चा गठन गरिएको बताए । देशमा धेरै राजनीति परिवर्तन भएको तर उत्पीडित समुदायले न्याय नपाएको बताउँदै उनीहरूलाई न्याय दिलाउन अग्रगामी मोर्चा अगाडि बढेको उनले बताए ।
देशमा सर्वसत्तावाद आएको र यसले अधिनायकवाद जन्माउने बताउँदै उनले जनताले प्राप्त गरेको उपलब्धिमाथि प्रहार भएको उनको भनाइ छ । प्राप्त उपलब्धिको रक्षाका लागि मोर्चा अघि बढेको बताउँदै यादवले संविधान समावेशी बनाउनका लागि मोर्चाले सङ्घर्ष गर्ने बताए ।
अध्यक्ष यादवले अहिलेको संविधान संशोधन हुन आवश्यक रहेको समेत बताए । ‘देशमा न सुशासन छ, न भ्रष्टाचार अन्त्य भएको छ, आर्थिक रूपमा देश जर्जर भयो’ यादवले भने ।
देशको अग्रगामी परिवर्तनका लागि जनता जागिसकेको बताउँदै उनले जनताको बलमा यो मोर्चा गठन भएको बताए । यो अभियानलाई सरकारले सम्मान गर्नुपर्ने बताउँदै उनले सबैका लागि अग्रगामी परिवर्तन नभए मोर्चाले सङ्घर्ष गर्ने बताए ।
आगामी दिनमा अन्य परिवर्तनकामी सङ्गठनहरू पनि मोर्चामा सहभागी हुने बताउँदै उनले विभेदमा परेकाहरू साझा मोर्चा जोडिने बताए । यो मोर्चाबाट कोही आतङ्कित हुनु नपर्ने बताउँदै उनले जनताको अधिकारका लागि यो गठन भएको बताए । उनले सबै राजबन्दीलाई रिहा गर्न समेत सरकारसँग माग गरे ।
सम्बन्धित खबर
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
रबिले भने: अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ
देउवा २८ गते काठमाडौं उत्रिने, नेता कार्यकर्ता स्वागत गर्न विमानस्थलमै पुग्ने
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण