काठमाडौं — कांग्रेस सभापति गगन थापाले सरकारका मन्त्रीहरूमा ‘छोटे राजा’कै शैली देखिन थालेको बताएका छन् । पार्टी कार्यालयमा आइतबार सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले सरकारमा रहेका मन्त्रीहरूबाट हरेक दिनजस्तो खुट्टा भच्दिन्छुँ, थुन्दिन्छुँ… जस्ता भाषा शैली आउनु सरकारका मन्त्रीहरूमा देखिएको छोटे राजा शैली हो । यस्तो शैलीलाई खबरदारी गरेर ठिक ठाउँमा ल्याउनु कांग्रेसको जिम्मेवारी भएको बताए । उनले भने, ‘ यो सरकारलाई ठिक ठाउँमा ल्याउने जिम्मेवारी हाम्रो हो । किनकि संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा कांग्रेस छ । अर्थात हामी छौं ।’
बैठकमा उनले २३ र २४ भदौंको घटना त्यतिकै नभएको पनि बताएका छन् । उनले २३ र २४ भदौं २०८२ अघि २०८१, २०८०, २०७९ आएको बताए । उनले भने, ‘हाम्रो गति र मतिमाथि पटक पटक हामीले नै प्रश्न उठाएकै थियो । यसपछि २१ फागुन २०८२ को प्रतिनिधिसभा निर्वाचन आयो हाम्रो गतिलाई मन नपराएर रिसाएका मतदाताले ब्यालेटमार्फत प्रतिपक्षमा पुर्याइदिए । हाम्रै वरिष्ठ नेता अर्जुन नरसिंह केसीले जुनसुकै बेला नेपालमा बंगलदेशको स्थिति आउन सकछ भनेर औपचारिक बैठकमै भनेका थिए । अझै पनि हाम्रा गति र मति ठिक भइसकेको छैन । यसमाथि प्रतिरोध हुन सक्छ ।’ नेता थापाले २१ फागुनमा कांग्रेसविरुद्ध नागरिकले रिस पोखेको बताए ।
उनले रास्वपाले २१ फागुनमा ब्यालेटमार्फत ल्याएको परिवर्तनलाई सम्मान गर्ने तर जनतामा अझै पनि परिवर्तनको आभाष दिलाउन नसकेकोमा आक्रोश पनि पोखे । उनले भने, ‘सरकार गठनको १०० दिनलाई हामीले ‘हनिमून पिरेड’का रुपमा हेरेका थियौं । कांग्रेसले आवश्यक सहयोग गरेकै थियो । हामीले सरकारको गति ठिक भएन भन्दा प्रधानमन्त्रीले हामी एक्सप्रेस गाडी हौं । गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छौं भनेर भन्नुभयो । एक्सप्रेस गाडीमा ब्रेक राख्ने नराख्ने उहाँको कुरा तर ‘एक्सप्रेस वे’मा लेन मिच्न पाइँदैन । हामी दिँदैनौं ।’
बैठकमा उनले बीपी कोइरालाको भनाए उद्धृत गर्दै भने, ‘राष्ट्रिय संकटका बेला कांग्रेस चुप लागेर बस्नु हुँदैन । पार्टीभित्र मात्रै होइन पार्टी बाहिर पनि संकट समाधान गर्न कांग्रेस लाग्नु पर्छ ।’ उनले राष्ट्रिय संकटका बेला कांग्रेस चुप लागेर नबस्ने प्रष्ट पारे । उनले कांग्रेस प्रतिपक्षामा हुनु भने संवैधानिक जिम्मेवारी हो र सरकारलाई जिम्मेवार बनाउने भूमिका जनताले दिएको बताए । यसकारण सरकारलाई प्रश्न गर्ने र खबरदारी गर्ने जिम्मेवारी कांग्रेसको भएको उनले बताए ।
बैठकमा उनले सशासकीय अराजकताको छुट सरकारलाई नभएको पनि बताए । संवैधानिक निकायका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा ल्याएर थुन्ने, प्रधानन्यायाधीहरूलाई दबाब दिनु भनेको सरकार अराजकताको बाटोतर्फ लागेको आरोप लगाए । उनले प्रश्न गरे, ‘२०४६ सालपछिका सबै नेताको सम्पत्ति छानबिन गर्छु भन्ने सरकार आफ्नै मन्त्रीको सम्पत्ति छानबिन गरेर प्रतिवेदन सार्वजनिक गर्नु पर्दैन ?’
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन