संसद बैठकमा खाली कुर्सी देखिन थालेपछि सांसदहरूको हाजिरी हेर्दै रास्वपा

राजनीति

संसद बैठकमा खाली कुर्सी देखिन थालेपछि सांसदहरूको हाजिरी हेर्दै रास्वपा

रास्वपाका मन्त्रीहरूले अनिवार्य रूपमा महिनामा एक पटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने

rsp-office-rasopa1687410765-1

प्रतिनिधि सभामा सांसदहरूको उपस्थिति पातलिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनीहरूको हाजिरी जाँच गर्ने भएको छ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सांसदहरूको हाजिरी कापी झिकाएर विश्लेषण गरी प्रतिवेदन पेस गर्न सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखालाई निर्देशन दिएको जानकारी गराएका छन्।

‘पछिल्लो समय संसदमा अपेक्षित उपस्थिति नभएको, बैठकमा सुरूमा उपस्थित भए पनि बीचमा संसद छोडेर जाने क्रम पनि बाक्लिँदै गएको र यसबाट संसदको गरिमा कमजोर हुँदै जाने देखियो,’ बुर्लाकोटीले भनेका छन्, ‘असार ३० र ३१ अनि साउन १४, १८ र २२ गतेको हाजिरी विश्लेषण गर्दै गरेको जानकारी गराउँछु।’

संसद सचिवालयबाट हाजिरी झिकाएर ७ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

‘बैठकको उपस्थिति हाजिरी संसद सचिवालयबाट झिकाई विश्लेषण गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ,’ बुर्लाकोटीले आफ्नो प्रेस नोटमा उल्लेख गराएका छन्।

संसद बैठकमा कुर्सी खाली खाली हुने गरेको गुनासा आएको थियो।

रास्वपाका मन्त्रीहरूले अनिवार्य रूपमा महिनामा एक पटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारका मन्त्रीहरूले महिनामा कम्तिमा एक पटक अनिवार्य रूपमा नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने व्यवस्था गरेको छ।

सहमहामन्त्री एवं प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले भदौ महिनादेखि मन्त्रीहरूले पार्टी कार्यालयमा भेटघाट सुरू गर्ने जनाएका हुन्।

शाहले जारी गरेको विज्ञप्तिमा पहिलो चरणमा अपराह्न ५ बजेदेखि ६ बजेसम्म नागरिकका लागि खुला रहने उल्लेख छ। दोस्रो चरणमा  साँझ ६ बजेपछि मन्त्री पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधि सभाका सांसदहरुको संयुक्त बैठक बस्नेछ।

नागरिक, सरकारका मन्त्री र सांसदबीचको समन्वय चुस्त बनाउने उद्देश्यले भेटवार्ता सुरू गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ। साथै यसले मन्त्रीहरूलाई नागरिकसँग जबाफदेहि बनाउने जनाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ