समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा

साहित्य

समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा

772956267_1511385334360745_3877537514950176923_n

पठन संस्कृतिको विकास, लेखक–पाठकबीचको संवाद तथा बौद्धिक विमर्शलाई निरन्तरता दिने उद्देश्यले र्‍यान्डम रिडर्स सोसाइटीको १२९औँ शृङ्खला सम्पन्न भएको छ।

शृङ्खलाअन्तर्गत कवि तथा लेखक समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा गरिएको हो।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य दीपक समीपको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विपिन आचार्यले ‘साहीमासा’ माथि कार्यपत्र प्रस्तुत गरेका थिए। संस्थाका उपाध्यक्ष नेपाल प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव ध्रुव केसीले गरेका थिए।

परिचर्चाका क्रममा ‘साहीमासा’मा अभिव्यक्त प्रेम, सामाजिक यथार्थ, मगर समुदायको मौलिक सांस्कृतिक सौन्दर्य, जीवन–संघर्ष तथा समकालीन समाजका विविध अनुभूतिका विषयमा गहन बौद्धिक अन्तरसंवाद भएको थियो।

कार्यपत्र प्रस्तुति, लेखकको धारणा तथा सहभागी पाठकहरूका जिज्ञासा, टिप्पणी र प्रतिक्रियाले कार्यक्रमलाई थप अर्थपूर्ण र जीवन्त बनाएको थियो। परिचर्चाले ‘साहीमासा’लाई कविताको कृतिका रूपमा मात्र नभई समुदाय, संस्कृति, प्रेम र जीवनका बहुआयामिक अनुभूतिको अभिव्यक्तिका रूपमा बुझ्ने अवसरसमेत प्रदान गरेको आयोजकले जनाएको छ।

ज्ञान, विचार र पठन संस्कृतिको प्रवर्द्धनमा समर्पित सोसाइटीले कार्यक्रम सफल बनाउन समय, विचार र सहभागिता प्रदान गर्ने लेखक बिन्दा पाण्डे, अवधारणा–पत्रमार्फत योगदान गर्ने स्ट्रगल राना तथा आफ्ना जिज्ञासा, टिप्पणी र विमर्शमार्फत कार्यक्रमलाई जीवन्त बनाउने सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेको छ।

पठनलाई संवादसँग, संवादलाई विचारसँग र विचारलाई समाजसँग जोड्ने उद्देश्यसहित र्‍यान्डम रिडर्स सोसाइटीले आगामी दिनमा पनि यस्ता साहित्यिक तथा बौद्धिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ