काठमााडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने भएका छन् ।
प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने कार्यक्रम रहेको भए पनि किन जान लागेको भन्ने प्रधानमन्त्री निकटस्थहरूले खुलाएका छैनन् ।
प्रधानमन्त्रीसँग उनका केही सल्लाहकार र सहयोगीसमेत मुस्ताङ जाने तयारी रहेको बताइएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले भने अहिलेसम्म आफूलाई प्रधानमन्त्री आउनेबारे जानकारी नभएको बताएका छन् ।
यद्यपि उनी पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ। उनी मुस्ताङबाहेक अन्त कहाँ जाने भन्नेबारे खुलाइएको छैन। प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार मुस्ताङमा स्थान भने गोप्य राखिएको छ ।
यसैबीच, प्रधानन्यायाधीश मनोजकुमार शर्मा पनि मुस्ताङ जाने कार्यक्रम तय भएको छ । प्रधानन्यायाधीश शर्मा भने पोखरा बाग्लुङ हुँदै मुस्ताङ जाने कार्यक्रम छ ।
प्रधानन्यायाधीश शर्मा अदालत निरीक्षण भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री भोलि नै काठमाडौं फर्कने कार्यक्रम छ भने प्रधानन्यायाधीश शर्मा आइतबार मात्र फर्कने छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
बालेन सरकारको शक्तिको स्रोत आर्मी, अल्गोरिदम र अमेरिका हो: एमाले नेता बादल
मन्त्री र सांसदलाई रविको निर्देशन: अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनू
मन्त्री फेर्ने तयारी छैन: रवि लामिछाने
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
यो पनि पढौँ
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?