काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रिक्त केही पदाधिकारीको पदपूर्ति गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले रिक्त विभिन्न पदाधिकारीको पदपूर्ति गरेको हो ।
स्रोतका अनुसार कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव,प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेल,सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनीत भएका छन् ।
तर एक उपसभापति, महामन्त्री र सहमहामन्त्री पद अझै रिक्त छ।
सुनिलदेखि सुधनसम्म रास्वपाको केन्द्रीय समितिमा मनोनयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समितिमा नयाँ सदस्यहरू मनोनयन गरेको छ।
पार्टीको केन्द्रीय समिति विस्तार गर्ने क्रममा विभिन्न क्षेत्रबाट नेतृत्व प्रदान गरिरहेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको मनिष झाले जानकारी दिएका हुन्।
मनोनीत हुनेहरूमा सुनिल लम्साल, भूपदेव शाह, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, वसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरी रहेका छन्।
तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकमा मनोनीत हुने
रास्वपाले तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत गर्ने भएको छ ।
बैठकले अन्य पदाधिकारी पदमा नेताहरूलाई मनोनीत गरेको छ। सचिवालयमा ११ जनालाई मनोनीत गरिएको नेता झाले बताए । उनका अनुसार उपसभापति, महामन्त्री,सहमहामन्त्रीसहित ४२ जना केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुनेछन्।
सम्बन्धित खबर
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न: ‘वास्तविक उद्देश्य के हो ?’
प्रधानमन्त्री बालेन मुस्ताङ पुगे
बालेन सरकारलाई चेतावनी दिँदै ओलीले भने- जनताले पाँच वर्ष मनलाग्दी गर्न लाइसेन्स दिएका होइनन्
रास्वपामा को–को भए पदाधिकारी ? भूपदेव, सुनिलदेखि सुधनसम्म रास्वपाको केन्द्रीय समितिमा मनोनयन
प्रधानमन्त्री बालेन पोखरा आइपुगे, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बस्ने तयारी
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
यो पनि पढौँ
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए