काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को मुस्ताङ भ्रमणलाई लिएर प्रश्न उठाएका छन् । कुनै औपचारिक जानकारीबिना प्रधानमन्त्री लोमान्थाङ गएको भन्दै उनले यसको वास्तविक उद्देश्यबारे सरकारसँग जवाफ मागेका हुन् ।
प्रधानमन्त्री शाह भ्रमणका क्रममा मुस्ताङको लो घ्याकर गुम्बा र दामोदर कुण्ड पुग्ने कार्यक्रम रहेको बस्नेतको भनाइ छ । यसै सन्दर्भलाई जोड्दै नेता बस्नेतले केही दिनअघि मात्र अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक जे.हार्करले पनि मुस्ताङका गुम्बाहरूको भ्रमण गरेको स्मरण गराएका छन् । यी दुई घटनालाई जोडेर उनले प्रधानमन्त्रीको भ्रमणमाथि आशङ्का व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले सरकारको कामकारबाही पारदर्शी नभएको आरोप लगाएका छन् । ‘कुनै औपचारिक कार्यक्रमबारे सार्वजनिक जानकारी दिइएको छैन,’ उनले लेखेका छन्, ‘सुरक्षा संयन्त्रलाई समेत जानकारी नगराइएको प्रधानमन्त्रीको भ्रमणको उद्देश्य र कार्यक्रमबारे सरकारले स्पष्ट जानकारी दिनुपर्छ ।’
सरकारी भ्रमण सधैँ पारदर्शी र जबाफदेही हुनुपर्नेमा उनले जोड दिएका छन् । विदेशी कूटनीतिज्ञको भ्रमण लगत्तै देशको कार्यकारी प्रमुख त्यसै क्षेत्रमा गुपचुप पुग्नुलाई उनले संयोग मात्र मान्न नसकिने सङ्केत गरेका छन् । ‘यो कुनै षड्यन्त्र नभई संयोग मात्र हो भने पनि जनताका प्रश्नको जवाफ आवश्यक छ,’ बस्नेतले अगाडि लेखेका छन्, ‘सरकारी भ्रमणमा पारदर्शिता र जबाफदेहिता हुनुपर्छ ।’
उनले प्रधानमन्त्री शाहलाई सिधै सम्बोधन गर्दै मुस्ताङ भ्रमणको लुकेको पाटो सार्वजनिक गर्न र जनताको आशङ्का मेटाउन माग गरेका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न: ‘वास्तविक उद्देश्य के हो ?’
प्रधानमन्त्री बालेन मुस्ताङ पुगे
बालेन सरकारलाई चेतावनी दिँदै ओलीले भने- जनताले पाँच वर्ष मनलाग्दी गर्न लाइसेन्स दिएका होइनन्
रास्वपामा को–को भए पदाधिकारी ? भूपदेव, सुनिलदेखि सुधनसम्म रास्वपाको केन्द्रीय समितिमा मनोनयन
प्रधानमन्त्री बालेन पोखरा आइपुगे, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बस्ने तयारी
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
यो पनि पढौँ
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए