प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसदमा उपस्थित हुने भएका छन् । बुधबार हुने सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसदमा जाने भएका हुन् ।
यसअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा कालो चस्मा प्रयोग गर्न नमिल्ने र प्रयोग गर्नैपरेमा मेडिकल रिपोर्ट संसद सचिवलायमा बुझाउनुपर्ने निर्णय गरेको थियो । सोहीअनुसार प्रधानमन्त्रीको रिपोर्ट सचिवालयमा प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
‘योभन्दा अगाडिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बस्दा कालो चस्माको प्रयोग नगर्ने भन्ने निर्णय गरेको थियो । यदि प्रयोग गर्नुपरेमा प्रयोग गर्नुपर्ने कारण अथवा मेडिकल रिपोर्टसहितको पत्र आवश्यक पर्ने भन्ने थियो । कालो चस्मा प्रयोग गर्न आवश्यक छ भनेर प्रधानमन्त्रीज्यूको रिपोर्ट पहिले नै प्राप्त भइरहेको छ,’ उनले शिलापत्रसँग भने ।
उज्यालोमा हेर्न असहज भएको भन्दै प्रधानमन्त्रीले नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा २२ साउनमा आँखा परीक्षण गराएका थिए । उनको आँखा लेफ्टिनेट कर्णेल डा. सचित ढकालले परीक्षण गरेका थिए ।
प्रधानमन्त्रीको आँखा परीक्षणकाे रिपोर्ट
Right Honourable Prime Minister Balendra Shah has been examined by me for the complaint of difficulty in seeing in bright light. He has been found to have Dry eye disease for which he has been prescribed
Carboxymethylcellulose 0.5% eye drop to be used frequently as required. He has been further advised to use ocular precautionary measures (shades) when being in a bright light environment to relieve the troublesome symptoms.
Lt. Col. Dr. Sachit Dhakal
Assoc. Prot.
MBBS, MS, (Ophthalmology)
Fellow Vitreo-retinal Surgery
NMC No. 4591.
सम्बन्धित खबर
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
एमाले अध्यक्ष ओलीले नरूचाएको प्रतिवेदनको पूर्णपाठ बाहिरियो (पूर्णपाठसहित)
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै