बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग

सहायता

बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग

‘विपद्को यस घडीमा हामी एक्लै छैनौँ, हामी सबै साथमा छौँ’

help 2

पोखरा । भोटेकोशी नदीमा आएको आकस्मिक विनाशकारी बाढीबाट देशभर ठूलो जनधनको क्षति भएपछि बाढीपीडित सहयोगार्थ पोखराको अटोवेज प्रा.लि. परिवार, प्रतिभा माध्यमिक विद्यालय र गोविन्द–कलावती फाउन्डेसनले आर्थिक सहयोग गरेका छन्।

विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने मानवीय उद्देश्यले अटोवेज प्रा.लि. परिवार (BULL Machines, India सहकार्य) रु. २५ लाख, प्रतिभा माध्यमिक विद्यालय पोखराको सामाजिक उत्तरदायित्व तथा विद्यालयका शिक्षक–कर्मचारीबाट रु. ११ लाख ११ हजार १ सय ११ र गोविन्द–कलावती फाउन्डेसनबाट रु. ५ लाख गरी कुल रु. ४१ लाख ११ हजार १ सय ११ सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा हस्तान्तरण गरिएको हो ।

सांसद डा. धनञ्जय रेग्मीको उपस्थितिमा अध्यक्ष नारायण पौडेल र प्रतिभा माविका प्राचार्य किरण सापकोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाहरूले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। साथै, प्रभावित सबैको शीघ्र उद्धार, घाइतेहरूको उपचार तथा प्रभावितहरूको सुरक्षित पुनःस्थापनाको कामना गरिएको छ।

संस्थाहरूका अध्यक्ष अग्रज व्यवसायी नारायण पौडेलले  विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिनु सहयोग मात्र नभई मानवीय दायित्व र सामाजिक जिम्मेवारीसमेत भएको उल्लेख गर्दै संस्थाहरूले कठिन परिस्थितिमा एकजुट भएर प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गरेको बताए ।

प्रतिभाका प्राचार्ण किरण सापकोटाले स्कूलले संस्थागत सामाजिक दायित्वसँगै शिक्षक कर्मचारीले आफूले सकेको सहयोग उपलब्ध गराएको बताए ।

संस्थाहरूले तत्काल राहत र उद्धारपछि पुनःस्थापनाको चरणमा पनि निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्दै प्राकृतिक विपद्बाट क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माण तथा बालबालिकाको शैक्षिक वातावरण पुनःस्थापित गर्न सम्बन्धित निकायसँग सहकार्य गर्ने जनाएका छन् ।

‘विपद्को यस घडीमा हामी एक्लै छैनौँ, हामी सबै साथमा छौँ’ भन्ने सन्देशसहित सहयोग र एकताको भावना अघि बढाउन पनि आह्वान गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds