पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु भएको छ । कारमा सवार अन्य दुई जनाको भने जीवितै उद्धार गरिएको छ । आज बिहान करिब ४:५० बजे पोखराको गैरीचौतारा घुम्तीमा भारतीय कार दुर्घटनामा परेको हो । सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको बिआर ०५ बिबि ६७५९ नम्बरको कार अनियन्त्रित भई सडकबाट २० मिटर तल तालमा खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा भारतको बिहार प्रदेशका २६ वर्षका नवदीप कुमार यादव रहेका छन् । उनको पहिचान आधार कार्डका आधारमा खुलेको हो । अर्का एक अन्दाजी ४०-४५ वर्षका पुरुषको पनि मृत्यु भएको छ । उनको नाम र ठेगाना भने खुल्न सकेको छैन । चिकित्सकले बिहान ६:२१ बजे उनीहरु दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यसअघि नै नेपाल प्रहरी र स्थानीयको सहयोगमा दुई जनालाई सकुशल बाहिर निकालिएको थियो । उद्धार गरिएका २७ वर्षका अनमोल कुमार यादव र ३३ वर्षका सुरज यादवको अवस्था मध्यम रहेको छ । उनीहरु दुवै भारत बिहारको रक्सोलका बासिन्दा हुन् । उनीहरु अहिले बोल्न सक्ने अवस्थामा रहेको र जिएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले तालको २० फिट गहिराईबाट दुई जनालाई अचेत अवस्थामा फेला पारेको थियो । बिहान ६:१० बजे सशस्त्र प्रहरी जवान जनक बुढा र देवराज खनालले उनीहरुलाई पानी भित्रबाट निकालेका हुन् । उनीहरुलाई तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनीहरुलाई मृत घोषित गरे ।
दुर्घटनाको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्य बहादुर बोगटीको नेतृत्वमा १५ जनाको टोली खटिएको थियो । त्यसैगरी सशस्त्र प्रहरी बल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जनाको टोली पुगेको थियो । उक्त टोलीमा ६ जना गोताखोर र ७ जना विपद् व्यवस्थापन विज्ञ सहभागी थिए ।
सशस्त्र प्रहरीको टोली बिहान ५:१० बजे घटनास्थल पुगेर उद्धारमा जुटेको थियो । दुर्घटना भएको स्थान सशस्त्र प्रहरीको गणबाट करिब ४ किलोमिटर पश्चिममा पर्छ । तालमा खसेको कारलाई बिहान ६:२० बजे क्रेनको सहयोगमा बाहिर निकालिएको छ । अहिले उक्त कारलाई वडा प्रहरी कार्यालय बैदामको हातामा ल्याएर राखिएको छ ।
सम्बन्धित खबर
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
बाढीप्रभावितको राहत तथा पुनःस्थापनाका लागि ईशा नेपालद्वारा १ करोड रुपैयाँ सहयोग
गण्डकीमा फणीन्द्रलाई फेरि ऊर्जा मन्त्रालय
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
सुजल डेरीको ‘सफल कुइजिन लाइन’ प्रभावकारी
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
बाढीपीडितका लागि शान्ति निकेतन स्कूलद्वारा राहत कोषमा ५० हजार सहयोग