बेत्रावतीमा बाढीले पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार

रसुवा बाढीः

बेत्रावतीमा बाढीले पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार

६० वर्षीया चण्डिका श्रेष्ठको आज जीवितै उद्धार गरिएको हो

nuwakot-uddar-1024×500

भोटेकोशी बाढीको ११औं दिनमा चारतले घरको माथिल्लो तलाबाट एक महिलाको जीवितै उद्धार गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिका वेत्रावतीबाट ६० वर्षीया चण्डिका श्रेष्ठको आज जीवितै उद्धार गरिएको हो । उक्त घर आनन्द श्रेष्ठको हो ।

१९ नं गुल्मबाट सप्रनि सुमनकुमार बिकको कमाण्डमा खटिएको ९ जनाको टोलीले ४ तले घरको माथिल्लो तलाबाट उनलाई उद्धार गरेको थियो ।

आजै माथिल्लो त्रिशूली–१ को अडिट- ४ सुरुङबाट एक चिनियाँ नागरिको पनि उद्धार गरिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । उनको उद्धारमा नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोली खटिएका थिए ।

प्रहरीले आधा पुरिएको घरभित्रबाट मानिसको आवाज आएपछि उत्खनन गर्दा श्रेष्ठलाई जीवितै फेला पारेको हो।

११ दिनसम्म पहिरोमा पुरिएर पनि जीवितै रहन सफल श्रेष्ठलाई उपचारका लागि स्वास्थ्य संस्था लगिएको छ।

यो चमत्कारिक घटनाले स्थानीय बासिन्दा र उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई अचम्मित र खुसी तुल्याएको छ। भदौ १० को भीषण बाढीका कारण सो क्षेत्रमा ठुलो क्षति पुगेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds