गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा उदयपुरका २१ वर्षीय आयुष तामाङको डुबेर मृत्यु भएको छ।
तालबाराही मन्दिर पछाडिको क्षेत्रमा कायकिङ गर्ने क्रममा तामाङ डुबेको कास्की प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले गण्डकन्यूजलाई जानकारी दिए।
मानिस डुबेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. कालिका फेवा रेस्क्यु टावरबाट उद्धार टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोरसहितको विपद् उद्धार टोली आवश्यक उद्धार सामग्री लिएर खोज तथा उद्धारमा खटिएको थियो।
खोजीका क्रममा दिउँसो २ः५० बजे गोताखोर टोलीले फेवातालको करिब ३० फिट गहिराइबाट तामाङलाई अचेत अवस्थामा फेला पारी बाहिर निकालेको थियो।
उद्धारलगत्तै उनलाई थप उपचारका लागि दिउँसो २ः५५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो। उपचारका क्रममा अस्पतालले साँझ ५ः३५ बजे उनलाई मृत घोषणा गरेको प्रवक्ता पासवानले जानकारी दिए।
पछिल्लो समय फेवातालमा कायकिङ गर्ने पर्यटक तथा सर्वसाधारणको भीड बढ्दै गएको छ। कायकिङका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सावधानी अपनाउन तथा आवश्यक सुरक्षा सामग्रीको प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गर्नुपर्ने देखिएको छ। फेवातालमा कायकिङ गर्नेहरूले पनि आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्न आवश्यक छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
बाढीप्रभावितको राहत तथा पुनःस्थापनाका लागि ईशा नेपालद्वारा १ करोड रुपैयाँ सहयोग
गण्डकीमा फणीन्द्रलाई फेरि ऊर्जा मन्त्रालय
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब