सरकारमा हुनेहरूले जेनजी आन्दोलनबारे सत्यतथ्य समेटिएको प्रतिवेदन गायब पारेः प्रचण्ड

राजनीति

सरकारमा हुनेहरूले जेनजी आन्दोलनबारे सत्यतथ्य समेटिएको प्रतिवेदन गायब पारेः प्रचण्ड

'त्यो घुसपैठ गर्ने को थिए ? तिनले अहिले देशलाई कहाँ पुर्‍याए ?'

prachanda 22

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ठूलो षड्यन्त्र गरेर गत भदौ २३ गतेको जेनजी आन्दोलन हाइज्याक गरिएको दाबी गरेका छन्।

आज एक कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोक पुगेका प्रचण्डले जेनजी आन्दोलनको अपहरणकारी को थिए ? भन्दै प्रश्न गरे।

उनले भने, ‘त्यो घुसपैठ गर्ने को थिए? र तिनले अहिले देशलाई कहाँ पुर्‍याए? भन्ने कुरा त्यो विन्दुबाट गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता छ। मलाई विश्वास छ समयको साथमा सत्यहरू उद्घाटित हुँदै जानेछन्।’

मानवअधिकार आयोग र सुरक्षा निकायहरूले तयार पारेका प्रतिवेदन अहिले सरकारमा हुनेहरूले गायब पारिएको आरोप लगाए।
उनले भने, ‘म सुन्दै छु, आज मेरो कसैप्रति आरोप लगाउन अहिले चाहेको छैन। तर म यो फेरि भन्न आवश्यक ठानेको छु कि ती प्रतिवेदनहरू गायब पारिएका छन्। अहिले सरकारको जिम्मेवारीमा हुनेहरूले गायब पारेका छन् भन्ने आरोप लाग्ने गरेको छ। सत्य तथ्य के हो ?’

उनले भदौ २४ गते विध्वंस कसले गर्‍यो ? भन्दै प्रश्न गरे।

उनले थपे, ‘२३ गते नै घर फर्किनू, घुसपैठ भयो, अपहरण भयो हाम्रो आन्दोलन भन्नेहरूले त पक्कै चलाएको होइन। यी कुराहरू पनि आज २३ गतेको दिन हामी सबैले चिन्तन गर्नुपर्ने र सत्य तथ्य बाहिर ल्याउनको लागि आआफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने आवश्यकता छ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ