विवादित धर्मगुरुलाई अगाडि, मन्त्रीलाई पछाडि राखेर के गर्न खोजेको ?: रास्वपा सांसद अमरेश

राजनीति

विवादित धर्मगुरुलाई अगाडि, मन्त्रीलाई पछाडि राखेर के गर्न खोजेको ?: रास्वपा सांसद अमरेश

Genz-sabha-2048×1365

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले विवादित धर्मगुरुहरूलाई जेनजी शहीदको स्मृति सभामा सहभागी गराइएको विषयमा प्रश्न उठाएका छन् ।

सरकारका गृहमन्त्रीसहितका मन्त्रीहरू सहभागी भएको उक्त कार्यक्रममा विवादित धर्मगुरु विजय भण्डारी र श्रीनिवास आचार्य पनि सहभागी थिए ।

धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारी र अर्का धर्मगुरु श्रीनिवास आचार्यले जेनजी स्मृति सभामा राम्रो सत्कार पाए । उनीहरूले गृहमन्त्री गुरुङलाई पानसमा बत्ति बाल्ने बेला सहयोगसमेत गरेका थिए ।

जेनजी स्मृति सभामा अथिति बनेर पुगेका यी दुवै धर्मगुरुको विगत भने निकै विवादित छ ।

यस्तो विवादित पात्रलाई मञ्चको अगाडि राखेर सरकारकै मन्त्रीहरूलाई पछाडि राखेको भन्दै रास्वपा सांसद सिंहले प्रश्न उठाएका हुन् ।

‘विवादित धर्मगुरुहरूलाई जेनजी शहीदको मञ्चमा अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखेर सरकारले के भन्न खोजेको छ ? संविधान, समावेशीको धज्जी उठाउने र देशको लागि सहि काम गर्नेहरूलाई पाखा लगाउने यो सरकार के सन्देश दिन खोजेको छ,’ उनले प्रश्न गरेका छन् ।

साथै, उनले आफ्नै निर्णयमा टिक्न नसक्ने अनि विवादै विवादको काम गर्ने सरकारलाई छुट छैन पनि भनेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

सम्बन्धित खबर

ट्रेन्डिङ