काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन्।
बालकोटस्थित ओली निवासमा भएको घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घर: सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले यस्तो दाबी गरेकी हुन्।
चुनावपछि बनेको सरकारको पहिलो निर्णय नै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्नु रहेको उनले बताएकी छन्। नयाँ सरकार गठन भएपछि दिउँसो सुधन गुरुङ गृहमन्त्री बनेको खबर आएलगत्तै आफूले ओलीलाई तत्काल गिरफ्तार गरिने शंका गरेको उनले बताइन्। उनले भनिन्, ‘खरानी ग्याङले सम्मानको अर्थ नबुझ्नु स्वाभाविकै हो। उनीहरूलाई सम्मान भनेको के हो भन्ने सायद थाहा छैन।’
गृहमन्त्री नियुक्तिको सन्दर्भ जोड्दै उनले थपिन्, ‘दिउँसो सुधन गुरुङ भन्ने गृहमन्त्रीमा नियुक्त भयो रे भन्ने कुरा सुन्नासाथ मैले त शंका गरेको थिएँ, अब तुरुन्तै यिनीहरूले केपी सरलाई गिरफ्तार गर्छन् भनेर।’
ठुलो संख्यामा प्रहरी परिचालन गरेर रातको समयमा बालकोट क्षेत्रलाई घेराबन्दी गरी पूरै गाउँ नै कब्जा गरेर ओली र लेखकलाई गिरफ्तार गरिएको शाक्यले दाबी गरेकी छन्। उनले उक्त घटनालाई प्रतिशोधको राजनीतिको संज्ञा दिएकी छन्।
त्यस क्रममा ओली निवासमा खानतलासी हुने हल्ला फैलाएर परिवार र स्थानीयवासीमा समेत आतङ्क सिर्जना गरिएको आरोप पनि उनले लगाएकी छन्।
शाक्यले गत वर्ष भदौ २४ गते घर सम्पत्तिमात्र जलाउने योजना नभई ओलीलाई नै जलाउने रहेको दाबी गरेकी छन् ।
उनले भनिन्- खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन , केपी ओली लाई जलाउने नै योजना थियो , यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै १ बर्षको पुण्य तिथि हुन्थ्यो हाम्रो । अझै पनि केपी ओलीमाथि नानाथरीको आरोप लगाएर बसिरहेका छन । एकमुठी सास रहेसम्म यो देशको सेवा गर्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप लाञ्छना लगाइरहेका छन् ।
शाक्यले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने भन्दै खराने ग्याङ आफैँ पतन हुने दाबी समेत गरिन् । उनले खरानी ग्याङको सरकारले आफूहरूलाई जति दुःख दिए पनि झेल्न तयार रहेको समेत बताइन् । उनले आफ्नो पुस्तकभित्र भदौ २३ देखिका सबै घटनाक्रम उल्लेख गरेकी छन् ।
सम्बन्धित खबर
कानुनमन्त्री सोबिता गौतमको तथ्यहीन तर्क
बालकोटको भग्नावेशषबाट राधिकाको टिप्पणी- खराने ग्याङको योजना जलाउने थियो
भदौ २४ को मुलुक विध्वंशकारीलाई किन उन्मुक्ति दिइँदैछ ?: केपी ओली
सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ: उद्योगमन्त्री
गगन थापाको प्रश्न- सिंहदरबार र अदालत जलाउनेलाई कसले जोगाउँदै छ ?
‘गहिरो चोटमा परेको मानिसले भगवानलाई त सराप्छ यो सरकार र रास्वपा के हो ?’- रवि लामिछाने
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम