नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा प्रतियोगिताबाट बाहिरिने पोखरा एभेन्जर्स पहिलो टोली बनेको छ। प्रतियोगिताको आफ्नो छैटौं खेलमा पोखरा पाँचौ हार भोग्दै प्रतियोगिताबाट बाहिरियो। पोखरालाई हराएको विराटनगर किंग्सले भने छैटौं खेलमा तेस्रो जित निकाल्दै प्लेअफ सम्भावना कायम राख्यो।
खेलमा प्लेअफको झिनो आसा कायम राख्नपनि विराटनगरलाई हराउनु पर्ने दबाबमा पोखरा थियो। तर विराटनगर सँग ४ विकेटले पराजित भएसँगै पोखरा लगातार तेस्रो सिजन प्लेअफको सम्भावनाबाट बाहिरियो।
दिनको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाइ जितका लागि १ सय ३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा विराटनगरले उक्त लक्ष्य ४ बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गर्यो । विराटनगरका लागि लोकेश बमले ३३ रनको इनिङ खेल्दा वसिर अह्मदले ३७ रन बनाए। त्यस्तै शहन जयसूर्याले १७ रन बनाउँदा इसुरु उडानाले २५ रनको अविजित रन बनाए।
पोखराका लागि रमेश मेन्डिस र कुशल भुर्तेलले २-२ विकेट लिंदा विपिन खत्री र धन्नजय लक्ष्यनले १-१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको पोखरा सन्दीप लामिछानेले कसीलो बलिङ सामु कमजोर योगफलमै समेटिएको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १ सय ३२ रनमा समेटियो। पोखराका लागि युवराज शर्माले ४७ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ८४ रन बनाउनु सर्वाधिक रह्यो। तर उनले अन्य खेलाडीबाट गतिलो साथ पाउन सकेनन्। थप दोहोरो स्कोरका रुपमा धन्नजय लक्ष्यमनले २२ रन बनाउँदा सनी विकैले १२ रन बनाए।
विराटनगरका लागि सन्दीप लामिछानले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर महत्वपूर्ण ६ विकेट लिए। उनी बाहेक एन्जेलो म्याथ्युज, चरिथ आशलंका र रुपेश सिंहले १-१ विकेट लिए। अंक तालिकामा बराटनगरको ६ खेबलाट ६ अंक बनाउन सफल भएको छ।
लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको २३औँ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो ।
कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि डी’आर्सी शर्टले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
दिलीप नाथले अविजित २८ रन बनाए । उनले २७ बलमा ४ चौका प्रहार गरे । निरोशन डिकवेलाले १३ बलमा १६ रन बनाए । शामिम हुसेन पटवारीले ५ बलमा ५, सन्दीप जोराले २ बलमा ४, आसिफ शेखले ६ बलमा १ र रोहित पौडेलले ११ बलमा १ रन जोडे । रुबेन ट्रम्पलम्यान २ रनमा अविजित रहे ।
कर्णालीका मार्क वाटले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । पवन सर्राफले ४ ओभरमा २८ रन दिएर १ तथा हुसेन तलतले १.४ ओभरमा १३ रन दिएर १ विकेट लिए । सोमपाल कामीले १ ओभरमा १०, नन्दन यादवले १ ओभरमा ९, विपिन शर्माले २ ओभरमा १५ र अरिफुल इस्लामले ३ ओभरमा १६ रन खर्चिए पनि विकेट लिन सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमा अलआउट भएको थियो । कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । हुसेन तलतले २२ बलमा २ चौका र १ छक्कासहित २४ रन जोडे । पवन सर्राफले २४ बलमा १२, गुलशन झाले १४ बलमा १३ र डेभिड मिलरले ७ बलमा ५ रन बनाए ।
अरिफुल इस्लाम र दीपक डुम्रेले समान ७ बलमा ४ रन बनाए । मार्क वाटले ६ बलमा २ तथा नन्दन यादवले ८ बलमा ३ रन जोडे । दिपेन्द्र रावत ४ बल खेलेर शून्यमा आउट भए । विपिन शर्मा शून्यमा अविजित रहे । कर्णालीले अतिरिक्तबाट १० रन पाएको थियो ।
लुम्बिनीका लागि किशोर महतोले २.२ ओभरमा ६ रन खर्चेर २ विकेट लिए । डी’आर्सी शर्टले ४ ओभरमा १३ रन दिएर २ तथा रोहितकुमार पौडेलले ३ ओभरमा १२ रन दिएर २ विकेट लिए । अभिषेक गौतमले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।
रुबेन ट्रम्पलम्यानले ३ ओभरमा २० रन दिएर १ तथा शेर मल्लले २ ओभरमा १५ रन दिएर १ विकेट लिए । शामिम हुसेन पटवारीले १ ओभरमा १४ रन खर्चिए पनि विकेट लिन सकेनन् ।
यस जितसँगै लुम्बिनीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । जारी प्रतियोगितामा प्लेअफ पुग्ने लुम्बिनी पहिलो टोली बनेको हो ।
सम्बन्धित खबर
एनपिएलबाट बाहिरियो पोखरा, लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली
पोखराको पहिलो जित, कर्णालीको ‘प्लेअफ’ यात्रा कठिन
एनपीएलमा पोखरा एभेन्जर्सको लगातार चौथो हार, प्ले अफ सम्भावना लगभग समाप्त
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि
कालीगण्डकी गोल्डकपको फाइनलमा होराइजन र ज्योतिपुञ्ज भिड्ने
यो पनि पढौँ
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
पर्सामा पटाका पड्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु
सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मी सम्मानित