स्थानीय तह निर्वाचनको घोषणाको तयारी, आयोगले दियो चैत ५ को डेडलाइन

राजनीति

स्थानीय तह निर्वाचनको घोषणाको तयारी, आयोगले दियो चैत ५ को डेडलाइन

sthaniya-taha-chunab-voting

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारी थालेको छ । निर्वाचन आयोगको परामर्शपछि सरकार निर्वाचनको मिति घोषणाको तयारीमा जुटेको हो ।

२०७९ वैशाखमा निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिनाअघि निर्वाचन हुनुपर्ने कानूनी व्यवस्था छ । २०७९ जेठ ५ गतेबाट अहिलेका जनप्रतिनिधिले काम थालेको मितिलाई गणना गर्दा चैत ५ सम्म निर्वाचन गर्न सकिने गरी आयोगले राय दिएको छ ।

कानुनासार स्थानीय तह निर्वाचनका लागि १२० दिन (४ महिना) समय दिएको छ । अहिलेका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिनाघि निर्वाचन गर्नुपर्ने भएकाले आयोगले चैतको मिति सुझाएको छ । अब सरकारले उपयुक्त मितिमा निर्वाचन घोषणा गर्छ ।

चैत ५ भित्र निर्वाचन गर्नका लागि सरकारले मंसिर पहिलो साता मन्त्रिपरिषद बैठकबाट मिति तोक्नुपर्ने हुन्छ । रास्वपा सभापति रवि लामिछाने फर्किसकेपछि प्रधानमन्त्रीले सल्लाह गरेर निर्वाचनको मिति तोक्ने बताइएको छ । आयोगले यसअघि नै निर्वाचनमा भाग लिने दलहरुसँग परामर्श गरेर सरकारलाई सुझाव दिइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ