पोखरा । विद्यार्थीमा रहेको नृत्य र गायन कलाको प्रस्फुटन गराउने उद्देश्यले पालिखेचोकस्थित प्रतिभा माविमा प्रतिभा स्टार एकल गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ । ‘प्रतिभा स्टार–२०८३’ अन्तर्गतको यो पहिलो आयोजित कार्यक्रम रहेको विद्यालयले बताएको छ ।
प्रतियोगितामा विद्यार्थीले आफ्नो गायन तथा नृत्य प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले ऊक्त कार्यत्रमको उद्घाटन गरेका थिए । उनले विद्यार्थीमा लुकेको कलालाई बाहिर ल्याउनका लागि यो कार्यक्रम गरिएको बताए । ‘विद्यार्थीमा फरक फरक क्षमता रहन्छ । त्यो क्षमता अवसर नपाउँदा देखाउन नपाउने हुनसक्छ । विद्यार्थीले विद्यार्थीभित्र लुकेको गाउने र नाच्ने क्षमतालाई उजागर गर्न प्रतियोगिता आयोजना गरेका हौं,’ उनले भने ।
विद्यालयका प्राचार्य किरण सापकोटाले पनि विद्यार्थीमा फरक फरक क्षमता हुने भएकोले उक्त क्षमतालाई उजागर गर्न जरुरी रहेको बताए । ‘फरक विद्यार्थीसँग फरक क्षमता हुन्छ । त्यो क्षमता अवसर नपाउँदा उजागर गर्न नपाउने अवस्था रहन्छ । विद्यालयले अवसर दिएको हो,’ उनले भने, ‘विद्यार्थीको चाहना पनि फरक फरक हुन्छ । हामीले त्यही चाहना अनुसार क्षमता पहिचानको प्रयास थालेका हौं ।’
प्रतियोगितामा गायन र नृत्य गरी दुई विधामा प्रतिस्पर्धा गराइएको थियो । दुवै विधामा १६–१६ जनाले स्पर्धा गरेका थिए । विद्यालयका निर्देशक राकेश जोशीका अनुसार पहिलो चरणमा गायनतर्फ ७ र नृत्यमा ५ जना छानिएका थिए । उनीहरुबीच प्रतिब्पर्धा गराएर उत्कृष्ट छनोट गरिएको थियो ।
गायन विधातर्फ कक्षा ११ डी म्यानेजमेन्टका काब्या बराल विश्वकर्मा प्रथम, कक्षा ११ बी म्यानेजमेन्टका कृष्ण गुरुङ द्वितीय र कक्षा १२ एफ म्यानेजमेन्टका सुलभकुमार भण्डारी तृतीय भए।
त्यसैगरी, नृत्य विधातर्फ कक्षा ११ डी म्यानेजमेन्टकी अनुष्का गुरुङ प्रथम, कक्षा १२ डी विज्ञानकी प्रिन्सा गुरुङ द्वितीय र कक्षा ११ ए साइन्सकी ग्लोरी राना तृतीय भए । दुवै विधाका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सहभागिता तथा प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यालयका निर्देशक राकेश विद्यार्थीको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास अझिवृद्धिमा यस्ता अतिरिक्त त्रियाकलापको महत्व रहने बताए । विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा पहिचान तथा प्रस्फुटन गर्ने उद्देश्यले फ्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।
यस्ता कार्यक्रमले विद्यार्थीको व्यत्तित्व विकाससँगै कला, संस्कृति र सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुर्याउने विश्वास रहेको प्राचार्य सापकोटाको भनाई छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा गायन र नृत्य प्रतियोगिता
फेदीखोला गण्डकीका ८५ गाउँपालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट
स्याङ्जामा आज पहिलोपटक गुञ्जिँदै छ नेपथ्यको कन्सर्ट
निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
माछापुच्छ्रे रिभानमा खुल्यो प्याराग्लाइडिङ स्कुल
चापाकोट नगरपालिकामा आज सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका विवेक थापा: चलचित्रप्रतिको मोहले व्यवसायीबाट बने फिल्म निर्माता
स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा
अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य
सुमन थापा सिञ्जाली मगरलाई युवा पत्रकारिता पुरस्कार