काठमाण्डौ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् भाइटीका । परम्पराअनुसार भाइटीकाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्ने गरिन्छ ।
तिहारको भाइटीकाको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बहिनीहरूसँग भाइटीका लगाए । अन्य मन्त्रीहरु पनि कोहि गृहजिल्ला पुगेर त कोहि मन्त्री निवासमै भाइटीका लगाए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको यस वर्षको तिहारमा पनि निधार खाली नै रह्यो । एकमात्र दिदी भारतको सीतामढी मझौलियामा छिन् । ७५ वर्षीया दिदी नेवरत बाहेक अरु दिदी बहिनी छैनन् । सर्लाही, बसबरिया गाउँपालिका (साविक धनगढा) मा जन्मिएका पण्डितका परिवारमा दाजुभाइ र एक दिदी हुन् । दाइ रामचन्द्र पण्डित वीरगञ्जमै बस्छन् । मोरङ बिराटनगरमा हुँदा पण्डितले दिदीको अनुपस्थितिमा पनि नजिकका दिदीबहिनी, कार्यकर्ताहरुसँग लगाउने गरेका थिए । उनले टीका नलगाएको ६-७ वर्ष भयो
मन्त्री पण्डितले निवासमै पत्नी बिमलाको भाइटीका कार्यक्रम हेरेर रमाए । यस वर्ष तिहारमा देउसीभैलो टोलीसँग पनि उत्तिकै रमाए । निवास परिसरमा १५ बढी टोली देउसी खेल्न आएको उनले सुनाए । ‘तिहारमा देउसी खेलेको हेर्न मन पर्छ । टीका पनि नलगाउने त हैन, लगाउने पनि गरेको छु । विराटनगरतिर भईनँ ।’ मन्त्री पण्डितले भने– ‘यसपाली घरमै टीका कार्यक्रम हेरेर रमाएँ । सिस्नोपानी देउसीभैलो हेरेँ ।’

मन्त्रीपत्नी बिमला महत पण्डित भाइ रञ्जनलाई भाइटीका लगाउँदै

मन्त्रीपत्नी बिमला महत पण्डित भाइ रञ्जनलाई भाइटीका लगाउँदै


दुई तस्विरमा केहि महिना अघि भारत स्थित घरमा बिरामी परेकी दिदी भेट्दै मन्त्री पण्डित
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह