काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा एक पछि अर्को छलाङ मार्ने क्रम जारी छ । सन्दीप मंगलबार बेलुकामात्र पाकिस्तान सुपर लिग (पिएसएल) टी—२० क्रिकेटका लागि छनोट भएका छन् । प्रतियोगिताको ड्राफ्टमा रहेका सन्दीपलाई अक्सन (बोलकबोल) मार्फत लाहोर क्वालान्डर्सले छनोट गरेको हो ।
सन्दीपको नाम यसअघिनै ‘गोल्ड’ श्रेणीमा रहेको थियो । गोल्ड श्रेणीमा रहने खेलाडीले कम्तीमा ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछ । त्यसकारण पिएएिलमा सन्दिपको मूल्य ५० हजार डलर रहेको छ ।
सन्दिपको टोली लाहोरले ड्राफ्टबाट एबी डीभिलियर्स, कार्लोस ब्रेथवाइट, फखर जमानजस्ता चर्चित खेलाडीलाई छनोट छ । आगामी फ्रेबुअरीमा आयोजना हुने पिएसएल लाहोर क्वालान्डर्स, क्वेटा ग्ल्याडीएटर्स, कराँची किंग्स, पेशेवर जाल्मी र इश्मलामाबाद युनाइटेड गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । एक टोलीको निक्र्योल हुन बाँकी छ ।
सन्दीपले यसअघि इन्डियन प्रिमियर लिग (आइपीएल), क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी—२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । उनी बुधबारदेखि युएईमा आयाजना हुने टी—१० क्रिकेट लिग खेल्दैछन् । टी—१० लिगमा सन्दीपले केरला किंग्सबाट खेल्दैछन् । लिग खेल्न सन्दिप गत आइतबार युएई प्रस्थान गरेका थिए ।
केरलाले सन्दीपलाई ३० हजार डलरमा अनुबन्ध गरेको हो । अन्तर्राष्ट्रिय लिग खेल्न भ्याई नभ्याई भएका सन्दीप डिसेम्बर १९ देखि आयोजना हुने अष्ट्रेलियन लिग बिग बास र जनवरी ५ तारिख देखि बंगलादेश प्रिमियर लिगमा पनि छनोट भइसकेका छन् ।
यसअघि आइपीएलमा सन्दीप २० लाख भारुमा बिक्रि भएका थिए । उनलाई यसपटक पनि आइपीएल टोलीले लिएको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिगमा ५ हजार, ग्लोबल टी—२० लिग क्यानडामा ४० हजार डलर, अफगानिस्तान प्रिमियर लिगमा १५ हजार र बिग बासमा ६० देखि ७० हजार अमेरिकी डलर पाउनेछन् ।
सन्दीपका लाति तय भएको लिगबाट उनले पाउने रकम साँढे दुई करोड हाराहारी पुगेको छ ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु