भद्रपुर — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितले स्थानीय तहका जनप्रतिनिधिहरु आफैं ठेकेदार बन्न थालेकोमा चिन्ता व्यक्त गर्दै कुनै पनि हालतमा ठेकेदार बन्ने बाटोमा नलाग्न निर्देशन दिएका छन् ।
जिल्ला समन्यव समिति झापाले शुक्रबार भद्रपुरमा गरेको ‘स्थानीय सरकारका उपलब्धि र चुनौती’ विषयक अन्तरसंवादमा मन्त्री पण्डितले ठेकेदार बन्नुको साटो जनताको काममा केन्द्रित हुन निर्देशन दिए। उनले भने, ‘कि ठेकेदारीमात्रै गर्नुस् कि जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारभित्र रहेर जनताको सेवामा दत्तचित्त भएर लाग्नुहोस्।’
मन्त्री पण्डितले जनप्रतिनिधि तथा कर्मचारीलाई कुनै पनि रुपमा कानुनको उल्लंघन हुने काम नगर्न चेतावनी दिए। उनले थपे, ‘कानुनले जे अधिकार दिएको छ त्यो पालना गर्नुस, दायाँबायाँ गर्नु भयो भने दन्डित हुनु पर्ला।’
उनले केन्द्र्, प्रदेश र स्थानीय तहका आ-आफ्नै कानुन रहेको उल्लेख गर्दै आ आफ्नो कानुनी अधिकारलाई मात्रै प्रयोग गर्न आग्रह गरे। उनले संघीयता प्रारम्भिक चरण रहेकाले केही गाह्रो अप्ठ्यारो आउने सुझाउँदै यस्ता समस्याबाट पछि नहटी जनताको सेवा गर्न जनप्रतिनिधि र कर्मचारीलाई आह्वान गरे। ‘संघीयता हाम्रो पहिलो अनुभव हो, अलि-अलि समस्या छन्, पर्वाह नगरी निरन्तर जनताका पक्षमा काम गर्नुस्’, पण्डितले भने। उनले जनप्रतिनिधि र कर्मचारीप्रति मौलाएको बेथितिप्रति लक्षित गर्दै ‘मिल्ने जति’ मात्रै मिलाउन र नमिल्ने कुरालाई जबर्जस्ती मिलाउने नियतमा नलाग्न सुझाव दिए।
मन्त्री पण्डितले कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्बाट लोकसेवा आयोगमा पठाइएका कारण जारी हुने बताए। उनले कुनै पनि कर्मचारीले खटाएका क्षेत्रमा जानै पर्ने प्रावधान राखिएको बताउँदै यदि कोही कर्मचारी ‘सोर्सफोर्स’ लगाएर खटाएको स्थानमा गएन भने त्यसलाई सदाका लागि बिदा गरिने बताए। थपे, ‘काम गर्ने कर्मचारीलाई सुविधा र प्रोत्साहन गरेर पठाउँछौं, जान्न भन्नेलाई घरतिर पठाउँछौं।’
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते