काठमाडौ । हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’को बिजेताको उपाधी आयुष श्रेष्ठले जितेका छन । हात्तीवन सामुदायिक जंगलमा फाइनल प्रतिश्पर्धा गराइएको थियो, जसमा आयुस श्रेष्ठ, पिरबीर घले र तेजश बस्नेत फाइनलिस्टको रुपमा प्रतिस्पर्धा गरेका थिए ।
हिमालय टेलिभिजन मार्फत प्रशारण भएको यो एड्भेन्चर रियालिटी शोमा श्रेष्ठले बुटवल अडिसनबाट प्रतिश्पर्धामा सहभगिता जनाएका हुन् । अडिसनमा सहभागी हजारौं प्रतिस्पर्धीहरु मध्ये बाट जर्नि राउन्डमा छानिएका उत्कृष्ट १३ प्रतिस्पर्धिलाई पछि पार्दै उनी विजयी भएका हुन् । विजेताको उपाधीसंगै आयुषले दश लाख नब्बे हजार रुपौया नगद र यामाहा एफ।जेड। २५० सिसीको बाइक पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

बिजेताले कुल २० लाख रुपौया प्राप्त गर्न सक्ने थिए तर जर्नि राउन्डमा खेलाइएका खेलहरु मार्फत प्रतिस्पर्धिहरुले कुल दश लाख नब्बे हजार मात्र जित्न सके । सबैलाई पछि पार्दै आयुसले उक्त रकम हात पार्न सफल भए । हिमालय रोडिजमा प्रतिस्पर्धिहरुको शारिरीक, मानसिक र बौद्दद्धिक क्षमता मात्र नभएर उनिहरुको सामाजिक ब्यावहारको पनि मुल्यांकन हुन्छ । भाग्यले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने यस रीयालीटी शोमा प्रतिस्पर्धि्बिचको आपसि बिवाद र खिचातानीले अझ रोमान्चकता थप्छ ।
भारत लगायत दक्षिण एसियामा नै निकै प्रख्यात रहेको यो एड्भेन्चर रीयालटी शो एम टिभी रोडिज भायकम अठारको फ्रेन्चाइज हो । यामाहा एफ.जी. मोटरसाइकल मुख्य प्रायोजक रहेको हिमालय रोडिजमा प्रतिस्पर्धीको खोजको क्रमका नेपालका पााच ओटा शहरहरुमा अडिसन गरीएको थियो । अडिसनमा मेन्टरहरुको मन जित्न सफलप्रतिस्पर्धीलाई पर्सनल इन्टरभ्यु राउन्डमा प्रवेश गराइएको थियो ।
पर्सनल इन्टरभ्युर राउन्डबाट उत्कृष्ट १३ जनालाई प्रतिस्पर्धाको लागी नेपालको सुदुर पश्चिमलगिएको थियो र सुदुर पश्चिमका विभिन्न राष्टिय निकुन्ज तथा अन्य आकर्षक ठाउामा प्रतिस्पर्धा गराइएको थियो ।
गत वर्षको सिजन जस्तै यसपटक पनि निर्णायक टिममा रेमन दाश श्रेष्ठ, दिया मास्के र आशिष राना लाउरे थिए भने गत सिजनका विजेता समन श्रेष्ठ र अनिमेश शाही प्रस्तोताका रुपमा उपस्थित थिए । लोकप्रियतासंगै अनेक विवाद खेपिरहने यो रियालीटी शोका निर्देशन अमन प्रताप अधिकारीले गरेका हुन् ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’