नारायणकाजी श्रेष्ठ नेकपाका प्रबक्ता । कोमल अाेली नेकपाबाटै राष्ट्रिय सभाकी सांसद । एउटै पार्टीमा रहेका श्रेष्ठ र ओली दुबै अविवाहित । यी दुई अविवाहितको प्रसंगले नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सचिवालयको पछिल्लो बैठक कुनै पनि एजेण्डामा छलफलनै नगरी अर्कोपटक बस्नेगरी स्थगित भएको थाहा भएको छ ।
गत ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय हाई कमाण्डको बैठकमा प्रदेश कमिटीको पुर्णतापछि केन्द्रीय सदस्यहरुको कार्य विभाजनसम्बन्धी एजेण्डा छलफलका लागि राखिएको् थियो । तर, त्यस एजेण्डामा छलफल प्रवेशै नगरी बैठकको ध्यान एकाएक एउटा फोटोतर्फ मोडियो ।
श्रेष्ठ र कोमल एउटै मञ्चमासंगै रहेको एउटा पत्रिकामा प्रकाशित फोटो हेर्दै अध्यक्ष ओलीले अविवाहित जोडीलाई कस्तो सुहाएको भन्दै ठट्टा गर्न सुरु गरेपछि बैठकको माहोल हाँसोठट्टातर्फ मोडियो । त्यसो त प्रचण्ड,माधव नेपाल,झलनाथ खनाल,इश्वर पोख्रेल देखि सबै नेताले त्यही फोटोको प्रसंगमा धेरै ठट्टा गर्न भ्याए । यतिसम्मकि अविवाहित काजीलाई साँच्चै कुमारचाहिँ हो कि होइन भन्नेदेखि कोमलसंगको चिनजानबारे समेत नेताहरुले जिज्ञासा राखे ।
त्यहीँ एउटा तस्विरको कारणले बैठकको एजेण्डामा छलफल गर्ने स्थितीनै बनेन । चियाको चुस्कीसंगै रमाइलो ठट्टामै एक घण्टा कसरी बित्यो पत्तो पनि भएन । एक सचिवालय सदस्यले भनेका छन्: कार्यविभाजन पहिले कि पोलिटब्युरो पहिले गठन गर्ने मत बाझिने गरी सामान्य छलफल भएको थियो तर दुई अध्यक्षले पहिले कार्यविभाजनको गृहकार्य गरेपछि बैठक पुन बस्नेगरी रमाइलो मुडमा अन्तत बैठक टुंगियो ।
९ गते गृहकार्य गरेर ११ गते बस्ने गरी बैठक टुंगिए पनि गृहकार्य नपुगेको भन्दै त्यस दिनको बैठक पनि सारिएको थियो । बैठक पुन बस्ने भनिए पनि प्रस्तावित एक दर्जन एजेण्डामा भने सचिवालयमा गतिका साथ गम्भीर छलफल भएको छैन ।
– बुधबार साप्ताहिकबाट
सम्बन्धित खबर
रास्वपाले सार्वजनिक गर्यो पहिलो राष्ट्रिय महाधिवेशन कार्यतालिका, यस्तो छ चुनावी सेड्युल
भारत जाँदै रास्वपा सभापति रवि, मोदीसँग भेट्ने प्रयास
नेपाललाई बेवास्ता गर्दै नेपाली भूमि लिपुलेक पास भएर मानसरोवर जाँदै भारतीय टोली
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
सभामुखले भेटेरै आग्रह गर्दा पनि संसदमा प्रश्नोत्तरका लागि समय दिएनन् प्रधानमन्त्री बालेनले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’