नेगम परियार, मनाङ । शनिबारको दिन भन्नाले नुहाउने लुगा धुने विशेष गरि यहि नै बुझिन्छ । हिमाल पारीको जिल्ला मनाङ हिमाली भेग भएकै कारण अति चिसो तथा अति जाडो हुने स्थान हो ।
झन यो समय भनेको त झन अति जाडो समय, यस्तो जाडो समयमा नुहाउन तथा लुगा धुन त अति समस्याको काम हो । तर हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा भने त्यस्तो पाईदैन । किनकि मनाङ जिल्लाको सदरमुकाम चामे नजिकै रहेको तातो पानि कुण्डले गर्दा चिसोमा नुहाउने र लुगा धुने समस्यालाई सहज बनाएको छ ।

सदरमुकाम चामे नजिकै भएकोले पनि चामेका स्थानियबासी, कर्मचारी, विद्यार्थी लगाएत नेपाली पर्यटक तथा बाह्य पर्यटकहरुलाई यो तातो पानि कुण्डले थप मदत पुगेको स्थानिय बासी तथा होटल व्यावासायी छिरिङ धोर्जे लामाले बताए ।
विशेष गरि शुक्रबार र शनिबारको दिन यस तातो पानि कुण्डमा नुहाउने र लुगा धुनेको भिडभाडले गर्दा खुट्टा टेक्ने ठाउँ हुदैन । तातो पानि कुण्डमा शनिबार मात्रै करिब एक हजार जनाले नुहाउने तथा लुगा धुने गरेको तातो पानि संरक्षण समितिले जनाएको छ ।
स्थानीयबासी, कर्मचारी, विद्यार्थी, शिक्षक,आन्तरिक पर्यटक, बाह्य पर्यटक गरि शनिबारको दिनमा हजार जना भन्दा बढीले नुहाएको तथा लुगा धोएको तातो पानि संरक्षण समीतीले बताएको छ । सदरमुकाम चामेका मात्र होईन अब जाडोको मुख्य चार महिना भरी मनाङ जिल्लाका सबै जसो नुहाउनको लागी यस तातो पानी कुण्डमा आउने गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले बताए ।
जिल्लाका विभिन्न गाउँ गाउँबाट सदरमुकाममा काम पर्दा आउनेहरु पनि एक पटक चामेको तातो पानि कुण्डमा नुहाएर मात्र गाउँ फर्कने गरेको चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्र जंग गुरुङले थप्दै भने । चामे गाउँपालिकाको २३ लाखको बजेट लगानी गरेर उक्त तातो पानि कुण्डलाई अझ सुबिधा सम्पन्न बनाएको हो ।

वर्षाको समयमा मस्याङ्गदी नदी बढी तातो पानि कुण्डमा क्षति पुगेको थियो । अबको फागुनबाट उक्त मस्याङ्गदी नदीले क्षति पुराएको ठाउँहरुमा पनि नयाँ बजेट थप गरि सुरक्षित बनाउनमा काम गर्ने चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्र जंग गुरुङले बताए ।
जाडो स्थान मनाङमा यी र यस्ता तातोपानि कुण्डले निकै सहज बनाएको छ । साथै पर्यटकिय स्थान मनाङ जिल्लामा यस्ता तातोपानि कुण्डहरुले पर्यटकहरुको आगमन बृद्धिमा पनी सहयोग पुराउने देखिन्छ । त्यसैले यस्ता प्रकृतिले दिएको यस्ता सम्पदाहरुको संरक्षण गर्नु हामी सबैको कर्तब्य हो ।
सम्बन्धित खबर
निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
निर्वाचन आयोग आचारसंहिता पालना गराउन सक्रिय, २१ जनालाई स्पष्टीकरण सोधियो
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ