काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ । सोमबार सिंहदरवारमा अबेरसम्म चलेको बैठकले विधेयक स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाउने निर्णय गरेको उच्च स्रोतले बतायो ।
३५ दिनभित्र खटाइएको ठाउँमा नगए कर्मचारीको जागिर चट् हुने गरी अध्यादेश आउँदैछ । बहुचर्चित बनेको विधेयक कर्मचारी वृत्तमा निकै चासो र चर्चाको विषय बनेको छ । विधेयकको अन्तिम मस्यौदाबारे आइतबारमात्रै कर्मचारी नेताहरूसहित सरोकारवाला पक्षहरूबिच छलफल भएको थियो ।
केही दिनअघि मन्त्रिपरिषद्को विधेयक समितिले अध्यादेशबारे छलफल गरेको थियो । सोही छलफलमा दिइएको सुझावका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरूको टोलीले मस्यौदाको अन्तिम रूप दिएका थिए ।
-प्रशासनबाट
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग