नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा बाह्रै महिना चिसो तथा जाडो भएपनि अबको चार महिना अत्यन्तै चिसो र जाडो हुने गर्दछ । दिन दिनै जाडो बढेसंगै मनाङबासीहरु जाडो छल्नको शहर झर्न थालेका छन् । मनाङबासी केहिले जाडो छल्नकै लागि अन्यत्र पनि घर बनाएका छन् ।
यहाँका स्थानीयबासीहरु अबको चार महिना जाडो छल्नकै लागी भनी नेपालका बिभिन्न शहरहरु काठमाडौ, पोखरा, चितवन लगायत छिमेकी जिल्ला लमजुङ जाने गर्दछन् । अलि उच्च स्तरका मनाङका स्थानीय बासीहरु त यो चार महिना बिदेश समेत जाने गरेको मनाङका स्थानिय बासी तथा होटल ब्यबसायी छिरिङ धोर्जे लामाले बताए ।

यो जाडो महिनामा कति बिदेश तथा स्वदेश भ्रमण गर्छन् त कति बिदेशमा आफन्त भेटघाट तथा घुमघाममा जाने गरेको लामाले बताए । कतिपय जाडो पनि छलिने र ब्यापार ब्यबसाय पनि हुने हेतुका साथ जिल्ला बाहिरका अन्य छिमेकी जिल्लाहरुमा जिम्बु, टिम्मुर, यार्चागुम्बा लगाएतका अन्य थुप्रै सामाग्रीहरुको साथमा मनाङ जिल्ला बाहिरका शहरहरुमा जाने गरेको अन्नपुर्ण संरक्षण आयोजना चामे मनाङले जनाएको छ ।
मनाङका स्थानियबासीहरु मात्र होईन मनाङ जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरु पनि समय मिलाएर वा आलोपालो गरेर जाडो समयमा छुटि लिई घर जाने क्रम पनि बढ्न थालेको छ ।

जाडो समयमा स्थानीयबासीहरु पनि नहुने र सरकारी कामकाज पनि खासै नहुने भएकोले कर्मचारीहरु पनि कार्यालयको कामकाज ठप्पै नहुने गरि आलो पालो मिलाएर तल झर्ने गरेको चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्र जंग गुरुङले बताए ।
स्थानीय बासी र कर्मचारी मात्र होईन जति पनि मनाङ जिल्लामा अन्य बिकास निर्माणका कार्यहरुमा काम गर्न आएका कामदारहरु पनि भटाभट घर फर्कन थालेका छन् ।
अति जाडो हुने र हिमपातका कारण काम पनि गर्न नसकिने हुँदा कामदारहरु घर जान थालेको मनाङ जिल्लामा तीन बर्ष देखि ठेक्का पट्टा गर्दै आएको ठेकेदार नबिन शाहिले बताए । अबको चार महिना जति मनाङ जिल्ला सुनसान हुने गर्दछ । कोहि कोहि ब्यापारी तथा होटल ब्यबसायीहरु मात्र बस्ने गरेको पाईन्छ ।

जाडो महिनामा सवारी साधन समेत त्यतिसारो चल्न नसक्ने भएकोले सवारी साधनहरु पनि मनाङ जिल्लाको तल्लो भेगहरुबाट मात्र चल्ने गर्दछन् । आजभाेिी मनाङ जिल्लाबाट तल झर्ने सवारी साधनहरुमा जनचाप समेत बढेको सवारी चालक खुशी बि.क.ले बताए ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ