धादिङ, १७ पुस । धादिङको नेत्रावती डबजोङ गाउँपालिका ५ जलजलेमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
रेडक्रस कर्मी, नागरीक समाज, एम्बुलेन्स, प्रहरीले उद्धार गरि धादिङेसी ल्याईएको घाईतेहरुलाई सेनाको नाईटभिजन हेलिकप्टरबाट साँझ ६ः१५ बजे काठमाडौ लगिएको छ । धादिङपोष्ट डटकमले नयूज लेखेको छ।
दुर्घटना स्थलबाट २ जना लिएर आएको प्राइभेट हेलिकप्टरमा जम्मा ४ जना काठमाडौ लगेको थियो भने साँझ परिसकेकोले प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले सेनाको हेलिकप्टर मगाएका थिए ।
धादिङबेशीबाट दार्खा डुन्डुरेको लागी छुटेको ना १ झ ७३९० नम्बरको जिप जलजलेमा दुर्घटना हुँदा ७ जना गम्भीर घाईते सहित १० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाईते हुनेहरुको नाम:
१. बिमला परियार, त्रिपुरासुन्दरी गाउँपालिका ४
२. बाबुराम प्रसाद रिजाल, नीलकण्ठ नगरपालिका ३ का
३. शिल्पा तामाङ, खनियाबास गाउँपालिका ४
४. शंकर तामाङ, खनियावास गाउँपालिका २
५. कपिल खनाल, नीलकण्ठ नगरपालिका १२
६. कुमार लामा, रुवीभ्याली गाउँपालिका ६
७. बुद्धिलामा, रुवीभ्याली गाउँपालिका ५
८. दुलाल तामाङ, रुवीभ्याली गाउँपालिका ६
९. लिला कुमारी तामाङ, खनियावास गाउँपालिका ४
१०. मुन्डी तामाङ, रुवीभ्याली गाउँपालिका ३
११. रेसा तामाङ, रुवीभ्याली गाउँपालिका ३
१२. रेसा तामाङ छोरा बर्ष ५ को श्याम तामाङ रुवीभ्याली गाउँपालिका ३
१३. शुसी तामाङ, रुवीभ्याली गाउँपालिका ३


(स्रोत : धादिङपोष्ट)
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ