नेगम परियार, मनाङ । हिमालपारीको जिल्लाको नामबाट परिचित मनाङ जिल्ला अब स्याउ पकेट क्षेत्रका रुपमा पनि चिनिँदै आईरहेको छ । यस जिल्लामा स्याऊ उत्पादन राम्रो हुने भएकोले पनि जिल्ला स्याऊबाट पनि परिचित भएको हो ।
२०७४ सालमा मनाङ जिल्लामा ९१० मेट्रीक टन स्याऊ उत्पादन भई निर्यात गरिएको थियो भने यस बर्ष २०७५ सालमा स्याऊ उत्पादनमा अलि बृद्धि भएको पाईएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई स्याउ जोन चामे मनाङका प्राबिधिक साहायक योवन कुमार सुनुवारका अनुसार स्याउ खेती प्रति किसानहरु आकर्षित भएको, स्याउ खेतीको ब्यबस्थापनमा सुधार तथा फल दिने अवधिको स्याउका बोटहरुको अबधि बढ्नुले गर्दा पनि बर्षै पिच्छे स्याउ उत्पादनमा बृद्धि भएको बताए ।
मनाङ जिल्लाको बजार ब्यबस्थापनको कुरामा जिल्ला भित्र उत्पादित स्याउँको पाचँ देखि दश प्रतिशत स्याऊ मात्र जिल्ला भित्र खपत हुने र बाकीँ रहेको उत्पादित स्याउँको बजार देशका बिभिन्न ठुला ठुला शहरहरु जस्तैँ काठमाडौँ ,पोखरा ,चितवन लगाएतका जिल्लाहरुमा बिक्रिका लागी लैजाने गरेको सुनुवारले बताए ।

हिमाली जिल्ला मनाङमा स्याऊ खेतीको लागी सरकारी तथा गैरसरकारी संघ संस्थाबाट पनि राम्रै अनुदानका कार्यक्रम तथा सहयोग मिलेको परियोजना कार्यान्वयन इकाई स्याउ जोन चामे मनाङका प्राबिधिक साहायक योवन कुमार सुनुवारले बताए । उनका अनुसार मनाङ जिल्लामा स्याऊ खेतीका लागी राम्रो हावा पानी भएता पनि केहि समस्याहरु भएको पाईन्छ । क्षेत्रफल ब्यबस्थापनमा समस्या,ब्यबसाहिक खेती नहुनु,संरक्षण,धुवानी,प्राबिधिक ज्ञानको कमी,बजार ब्यबस्थापनमा समस्या तथा भण्डारणमा समस्या हुने जस्ता मनाङ जिल्लाका स्याऊ खेती गर्ने कृषकहरुको मुख्य समस्याको रुपमा देखिएको हो ।
मनाङ जिल्लामा अहिले आएर दुई प्रजातिका स्याऊ खेती गरिने गरिन्छ । बिकासी अर्थात हाईब्रिट स्याऊ खेती र लोकल स्याऊ खेती । लोकल स्याऊ ब्यबसाहिक रुपमा लोकल स्याऊ खेतीको कमी भएता पनि जिल्लामा बिकासि तथा हाईब्रिट स्याउँखेती भने ब्यबसाहिकरुपमा नै खेती गरेका छन । लोकल स्याऊ बाट भन्दा बिकासि जातका स्याऊ अर्थात हाईब्रिट स्याऊ खेतीमा छिटो छरितो आम्दानी दिने भएकोले पनि कृषकहरु हाईब्रिट स्याऊ खेती तर्फ आकर्षित भएको पिसाङ स्थित हाईब्रिट स्याऊ खेती गर्दै आएका पशुपति अधिकारीले बताए । यस बर्ष लोकल स्याऊ जिल्ला भित्रै प्रति के.जी.८० रुपैयाँ देखि १८० रुपैँया सम्म बिक्रि भएको थियो भने हाईब्रिट स्याऊ प्रति के.जी. १०० रुपैँया देखि १८० रुपैया सम्म होलसेल बिक्रि गरिएको थियो ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?