इन्टरनेट गेम ब्लू ह्वेल खेलिरहेकी १९ वर्षीया एक किशोरीले आफ्नो हात २५ पटक काटेकी छिन् । परिवारका सदस्यले उनलाई अस्पताल लिएर गए जहाँ उनको घाउमा डाक्टरले सय टाँका लगाएर उनको ज्यान बचाए ।
भारतको मध्य प्रदेशको झाबुआमा बस्ने यी किशोरी केही दिन अघि दिदीको घरमा गएकी थिइन् । स्मरण रहोस्, रुसमा बनेको यो सुसाइड गेममा कारण भारत, चीन, अमेरिका, इरानसमेत विभिन्न देशका १ सय ५०भन्दा बढिले ज्यान दिइसकेका छन् ।
जानकारीका अनुसार ती किशोरी आइतबार राती साढे तीन बजे बाथरुम गइन् । त्यहाँ गेमको टास्क पूरा गर्नका लागि उनले १५ मिनेटमा हात काटिन् । ती किशोरीको स्थिती देखेर उनकी दिदीका परिवार तर्सिए र उनलाई तुरुन्त अस्पतालमा भर्ना गरे । उनको २५ वटा घाउमा सय टाँका लगाएपछि डाक्टरले उनलाई डिस्चार्ज गरेको छ । उनी अहिले आफ्नै दिदीको घरमा बसिरहेकी छिन् ।

ती किशोरीको उपचार गर्ने साइकोलोजिस्ट भन्छन्, ‘हामी उनको दिमागी अवस्थालाई निकै सुक्ष्म ढङ्गले अध्ययन गरिरहेका छौं किनभने उनले दुईपटक आत्महत्याको कोसिस गरेकी छिन् । अहिले उनको स्थिती नियन्त्रणमा छ ।’
कसैले मलाई मार्ने धम्की दिन्छः किशोरी
पीडितका बुवाका अनुसार उनकी छोरी रातभरी मोबाइलमा व्यस्त रहन्थिन्, नसुतिकन । उनको व्यवहारमा चिडचिडापन आएपछि सेप्टेम्बर २१ तारिखमा उनलाई अस्पताल पुर्याइयो । तर उनलाई भर्ना गरिएन ।
यता पीडितका अनुसार कसैले उनलाई ‘कि तँ मर, नभए म तँलाई मारिदिन्छु’ भनी धम्की दिने गर्दछ ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर