काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग जोडेर विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना (न्यौपाने)को चरित्र हत्या गर्ने समाचार प्रकाशित गर्ने अहिलेसम्म दुई अनलाइन सञ्चालक पक्राउ परेका छन् ।
क्यापिटल हेडलाइन डटकमका सम्पादक २७ वर्षीय सुमन अधिकारीलाई पक्राउ गरेको गरेको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए। यसअघि, नेपालटक डटकम र मुक्तिखबर डटकमका सञ्चालक सिन्धुपाल्चोक मेलम्ची घर भई काठमाडौं शान्तिनगर बस्ने २४ वर्षीय श्याम रोका पक्राउ परिसकेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले रोकालाई पक्राउ गरी विद्युतीय अपराध कसुर अन्तर्गत अनुसन्धान सुरु गरिएको एसएसपी सिंहले बताए । तत्कालीन विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शनाले प्रहरीमा आफ्नो चरित्रहत्या गर्ने र गलत समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध उजुरी दिएकी थिइन् ।
शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिएलगत्तै विवेकशील साझाका संयोजक रविन्द्र मिश्रसँग जोडेर केही अनलाइनले यौन दुर्व्यवहारसँग जोडेर समाचार प्रकाशन गरेका थिए ।
सूचना विभागमा दर्ता भएको हुलाकी डटकमले पनि चरित्र हत्या गर्ने उक्त पोष्ट गरेको थियो । यद्यपी, अहिलेसम्म भने पक्राउ गरिएको जानकारी प्राप्त भएका छैन ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष