चितवन। चितवनको राप्ती नगरपालिका वडा नं १३ को धादिङ जिल्लासंगको सीमा जोडिएको पहाडी ईलाका ब्रादुमा एकजना १६ वर्षीया चेपाङ वालिकामाथी बलात्कार भएको छ । अर्की १० वर्षीया वालिकामाथी निर्घात कुटपिट भएको छ ।
दुई बालिका माघ ६ गते बिहान घरायसी सामान किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका थिए ।
दिउँसो घर फर्किंदा पिछा गर्दै आएका एक अपरिचित युवकले अनकन्टार जंगल र भीरको बाटोबाट हिंडिरहेको मौका छोपी दुईमध्ये १६ वर्षकी बालिकालाई लखेटेर जबर्जस्ती कब्जामा लिएका थिए ।
आपराधिक नियतका ती युवकको दुवै बालिकाले संयुक्त प्रतिकार गर्दा १० वर्षकी बालिकालाई टाउको र हातमा अङ्गभङ्ग हुनेगरी लाठीले हानेर लखेटी अर्की बालिकालाई समातेर राखेका थिए ।
जबर्जस्ती बलात्कारको प्रयास गरेपछि उम्किन खोजेकी ती बालिकालाई पनि टाउकोमा लाठीले हानेर सख्त घाइते बनाई बलात्कारपछि जंगलमा छाडेर अपराध गर्ने युवक फरार भएका छन ।
घाइते अवस्थामा आतंकित हुँदै घर पुगेकी १० वर्षीया बालिकाले घटनाबारे बताएपछि खोजतलासमा गएका अभिभावकहरूले बलात्कृत बालिकालाई दिउँसो साढे दुई बजेतिर गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा फेला पारेका थिए ।
उनीहरूले घटनास्थलबाट उद्धार गरिएकी ती बालिका र भागेर घर पुगेकी अर्की घाइते बालिकालाई राति अबेर भण्डारा मलेखु चेपाङ मार्गसम्म ल्याइपुर्याए ।
त्यहाँबाट इलाका प्रहरी कार्यालय भण्डारा, चितवनको सहयोगमा उपलब्ध गाडीमा राखी कान्देश्वरी आधारभूत विद्यालय राप्ती नगरपालिका९१३, चितवनका प्रधानाध्यापक बालकृष्ण थपलिया, पीडित बालिकाका अभिभावकहरू र प्रहरीको टोलीले राति २ बजे दुवै बालिकालाई भरतपुर अस्पताल ल्याइएकोे हो ।
कुटपिटबाट टाउको फुटेका र शरीरका विभिन्न भागमा गहिरो चोट लागेका दुवै पीडितको उपचार अस्पतालमा चलिरहेको छ । एउटी बालिका बर्बरतापूर्ण बलात्कारबाट विक्षिप्त अवस्थामा छिन् भने अर्की बालिकाको एउटा हात नचल्ने अवस्थामा छ ।
फरार अभियुक्तको खोजीकार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष