चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र टेलिभिजनकर्मी रवि लामिछानेले लगनगाँठो कसेका छन् । लामिछानेले पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको उनले बताइन् । ‘उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो, त्यसैले म आश्चर्यमा परेकी छैन,’ अमेरिकाबाट ईशाले भनिन्, ‘मेरो र दुई छोरीहरुको तर्फबाट शुभकामना लेखिदिनुहोला ।’
विगतका तीन सम्बन्धहरु जस्तो यो चौथो सम्बन्ध असफल नहोस भन्ने कामना पनि ईशाले गरेकी छन् । ‘म कानूनीरुपमा रवीजीसँग अलग भए पनि सँधै उहाँको खुशी र प्रगति हेर्न चाहन्छु । मेरा छोरीहरुका बुवाको रुपमा उहाँसँग मेरो साइनो सदा जिवित रहनेछ । खाली यति भन्न चाहन्छु कि भविष्यमा नयाँ पत्नीलाई मलाई जस्तो तिरस्कार नगर्नुहोला,’ ईशाले थपिन् ।
ईशा अहिले दुई छोरीहरुसहित अमेरिकामा छिन् । गत महिना ईशा र रविको सम्बन्धविच्छेद भएको थियो ।
रविसँग विवाह गरेपछि निकिताको प्रतिक्रिया, ‘भोज वैशाखमा खुवाउँछौँ’
निकिता र रविले आफ्नो सामाजिक सञ्जाल मार्फत विवाहको खबर सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जाल विवाह सार्वजनिक गर्दै रविले लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ ।’
‘हामीले बैशाखमा मात्र विवाह गर्ने योजना बनाएका थियौँ,’ निकिताले भनिन्, ‘हाम्रो बारेमा बजारमा चलेको विभिन्न हल्लाले यो निर्णय हतारमा लिन बाध्य भएका हौ ।’
पौडेलले परम्परागत रुपमा वैशाखको तेस्रो साता विवाहको योजना गरेको सुनाइन् । उनले थपिन् ‘विवाह भोज सबैलाई खुवाउँछु ।’
केही साताअघि मात्रै रवीको पूर्वश्रीमती इशा श्रेष्ठसँग सम्बन्ध विच्छेद र पौडेलको प्रेमको चर्चा चलेको थियो । सो समय निकिता र रवि केही वर्षदेखि प्रेममा रहेका समेत विभिन्न मिडियाले समाचार बनाएका थिए । तर उक्त समय दुवैले प्रेमको विषयमा खुलेर बाहिर चर्चा गर्न चाहेनन् ।
‘रविसँग तपाईंको लामो समयदेखि प्रेम रहेको थियो हो ?’ भन्ने प्रश्नमा निकिताले भनिन्, ‘बाहिर आएजस्तो हाम्रो प्रेम सम्बन्ध थिएन । हामी दुवै एक्लै थियौँ । आफन्तले विवाहको प्रस्ताव ल्याए । हामीले पनि उचित ठानेर स्वीकारेका हौँ ।’
निकिताले आफ्नो विवाहमा परिवारको समेत सहमति भएको बताएकी छन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’