पोखरा । पोखरामा साढे २ करोड ठगी गरी फरार बागलुङकी महिला काठमाण्डौमा पक्राउ परिन् ।
वाग्लुङ वडीगार्ड गाँउपालिका बडा नं ८ घर भई हाल पोखरा महानगरपालिका बडा नं २६ अघौं डेरा गरी बस्ने स्नेहा भनेर चिनाउने ४२ वर्षीया सरिता कुमारी राना प्रहरी फन्दामा परेकी हुन् ।
उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरी सार्वजनिक ग¥यो । मेरो परिवार लण्डनमा छ भन्दै उनले पोखराका विभिन्न व्यक्तिहरुसँग साढे २ करोड बढी रकम ठगी गरेको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।
चिनजानका व्यक्तिहरुलाई घरजग्गा खरिद गर्न, जग्गा संग घर साटी दिने जस्ता बिभिन्न प्रलोभन देखाउने तथा, आफूलाई आपत प¥यो ऋण दिनुहोस भनीसापटी मागी रकम फिर्ता नदिई ठगी गरी फरार थिईन् ।
पीडित व्यक्तिहरुको मौखिक तथा लिखित उजुरी कार्यालयमा प्राप्त भए पश्चात यस कार्यालयबाट सुक्ष्म रुपमा निजको खोज तलास गर्दै जाँदा काठमाण्डौ दरबारमार्गबाट पक्राउ गरी पोखरा ल्याएर उच्च अदालतबाट वैकिङ कसुर मुद्धामा म्याद थप अनुमति लिई गरी अनुसन्धान भईरहेको प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले बताए ।
उनले फ्लाट भाडामा लिई काम गर्ने ब्यक्ति, पाईभेट कार तथा डाईभर समेत राखेर उच्च शानका साथ बस्दै आफ्नो परिवार लण्डनमा रहेको बताउँदै पैसा उठाउन सफल भएकी थिईन् ।
अनुसन्धानका क्रममा उनका कोही पनि लण्डनमा नभएको खुल्न आएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर