नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङको जिल्ला अस्पतालमा बिरामीको संख्या घटेका छन् । चिसो बढे संगै स्थानीय जाडो छल्न अन्यत्र गएपछि मनाङ जिल्ला अस्पतालमा बिरामीको संख्या घटेको हो ।
बिरामीको संख्या घटेता पनि जिल्ला भित्र रहेका बाकीँ स्थानीय, कर्मचारी, नेपाली सेना, प्रहरी जवान लगाएत भने चिसोका कारण रुघा, खोकीका समस्या लिएर जिल्ला अस्पताल आउने गरेका जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख डा.योगेश राज पन्तले बताए ।
हाल दैनिक १० देखि १५ जना सम्म रुघाँ खोकीका कारण जिल्ला अस्पताल जचाउन तथा औषधी लिन आउने गरेका पन्तले बताए । रुघा खोकी का बिरामीहरु आए पनि रुघा खोकी त्यस्तो ब्यापकरुपमा भने नभएको पन्तले भने । जिल्ला स्वास्थ्य कार्यालय मनाङका कार्यालय प्रमुख डा.योगेश राज पन्तका अनुसार चिसो बढेकोले चिसोबाट बच्न र बालबालिका र बृद्ध बृद्धाहरुलाई चिसोबाट बचाउन सम्पुर्णमा आग्रह समेत गरेका छन ।
पन्तका अनुसार चिसोबाट बच्न न्यानो कपडा लगाउने, दिउँसो घाम लागेको समयमा घाम ताप्ने,बिहान बेलुका चिसोमा नहिडने, बालबालिकाहरुलाई बिषेश गरी न्यानो बनाई राख्ने,आगो बाल्दा र हिटर ताप्दा बिषेश साबधानी अपनाई ताप्ने, तातो पानी धेरै पिउने, चिसो समयमा पानी पिउनु अति आवश्यक रहेको र पानी शरिरमा पानी कम भएमा स्वास नली सुख्खा भएर रुघा खोकी लगाएतका सक्रमण हुने सम्भावना धेरै हुने समेत जिल्ला स्वास्थ्य कार्यालय मनाङका कार्यालय प्रमुख डा.योगेश राज पन्तले बताए । तस्बिर उपल्बध छ ।
सम्बन्धित खबर
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती