पोखरा । कास्कीको रुपा गाउँपालिका ७ मा वडा सदस्यले आफुखुशी निर्माण सामग्री उत्खनन र विक्री गरेपछि गाउँपालिकाले एक्सन लिएको छ । ढुंगा, गिटी र बालुवा तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले गठन गरेको ५ सदस्यीय कार्यदलले सोमबार प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनले गाउँपालिका ७ मा अवैध रुपमा राखिएका नदीजन्य पदार्थ १५ दिनभित्र जरिवाना तिरेर हटाउन सुझाएको छ । वडा सदस्य मोती श्रेष्ठले गैर कानुनी रुपमा निर्माण सामग्री उत्खनन् गरेका थिए । १ घनमिटरको २ सय ५० रुपैयाँका दरले १ लाख ६५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । १५ दिनभित्र उक्त रकम गाउँपालिकामा दाखिला गरिसक्नुपर्ने अन्यथा कार्यपालिकाको निर्णय अनुसार कारबाही गरिनुका साथै बालुवा तथा गिटी जफत गरिने उनले बताए । समाधान दैनिकले खवर लेखेको छ ।
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार भइरहेको पाएपछि मंसिर ९ गते गाउँपालिकाले वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङ संयोजकत्वमा कार्यदल गठन गरेको थियो । जनप्रतिनिधि नै बालुवा, ढुंगा, गिटीजन्य पदार्थ तस्करीमा संलग्न रहेको पाइएपछि गाउँपालिकाले स्पष्टीकरण बैठक बोलाएको थियो । जसमा घटनामा संलग्न वडासदस्य मोती श्रेष्ठको समूह उपस्थित भएको थिएन । मोती श्रेष्ठले भने आफूलाई कुनै जानकारी नआएकाले बैठकमा सामेल नभएको दाबी गरेका थिए ।
पटकपटक टेण्डर आह्वान गर्दा पनि नपरेपछि गाउँपालिका प्रतिनिधि र सरोकारवाला निकाय रुपा ७ मा पर्ने खोकटे, दुवाचौर, कुनाकोमुख, मादीबेंसी, कोइलानी क्षेत्रमा अनुगमन गरेको थियो । अनाधिकृत रुपमा सरकारी जग्गामै वडा सदस्य मोती श्रेष्ठको समूहले करोडौं मूल्य बराबरको ढुंगा, माटो र बालुवा बेच्न तयारी अवस्थामा राखेको अनुगमनका क्रममा फेला परेको थियो ।
नदीजन्य अवैध तस्करी गरिरहेको समूहले लमजुङ घाटमा पहिल्यै खुलेको कागजपत्र देखाएर कुनाको मुखबाट कारोबार गरिरहेको अनुगमनकै क्रममा पाइएको हो । उनीहरुले लमजुङ मध्यनेपाल नगरपालिकामा खुलेको घाटको नामबाट ५ सय रोयल्टी देखाएर १८ सय रुपैयाँदेखि ३ हजारसम्म बालुवा, ढुंगा र गिटी पोखरा, दमौली लगायत क्षेत्रमा निकासी गरिरहेको तथ्य खुलेको हो ।
http://gandaknews.com/rupa-7-taskari/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए