गण्डकन्यूज, पोखरा । दीपक मनाङेको वास्तविक नाम राजिव गुरुङ हो । उनलाई डन, गुण्डा नाइकेका रुपमा चिन्छन् । उनै मनाङे अब गण्डकी प्रदेशको बैधानिक सांसद भएका छन् । गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङले सोमबार ईश्वरका नाममा शपथ लिएसँगै उनी बैधानिक ढंगले सांसद मात्र बनेनन्, गण्डकी प्रदेशसभाले थप एक सांसद पनि पाएको छ ।
प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुख नेत्रनाथ अधिकारीले मनाङेलाई शपथ गराए । त्यस लगत्तै सभामुखले टीका लगाइदिए र उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले हात मिलाएर बधाइ दिए । नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारी, सचेतक गायत्री गुरुङ सहित सांसदहरुको उपस्थिति रहेको थियो ।
गुरुङ मनाङको प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए । गुण्डा नाइके भनेर कुख्यात भएका कारण तत्कालिन एमालेले टिकट दिएन तर आफ्नो उम्मेदवार ब्याक गराई स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो । ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण मनाङे सपथ लिनबाट बञ्चित भएका थिए । निर्वाचन जिते पनि उनले सांसदको हैसियत अहिलेसम्म पाएका थिएनन् । शपथ लिनुअघि नै उनी कारागार चलान भएका थिए । करीब ९ महिनापछि पुस ६ गते उनी कारागरमुक्त भएका हुन् ।
सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले सपथका लागि निवेदन दिएका थिए । गत पुस ११ गते प्रदेशसभा कार्यालयमा दीपक मनाङेले शपथ खान पाऊँ भनी निवेदन दिएपछि यस विषयमा सभामुखले पटक–पटक छलफल गर्दै आएका थिए।
यसअघि प्रदेशसभा निर्वाचन ऐनको दफा १६ अनुसार सपथ खुवाउन नमिल्ने प्रतिक्रिया दिएका सभामुख अधिकारीले पुनः कानुनी राय र परामर्श लिई सपथ खुवाएका हुन् । सपथपछि सभामुख अधिकारीले कानुन अनुसार सपथ दिलाएको बताए । हालै, कारागारमा रहेका प्रतिनिधि सभामा निर्वाचित सांसद रेशम चौधरीलाई सपथ गराए लगत्तै पुनः कारागार चलान गर्दा मनाङेको सपथ के हुने हो ? आशंका कायमै थियो ।
‘९ महिना जेल बसेर केहि महिना कुरेँ’
सपथका लागि मनाङे सोमबार नै काठमाडौंबाट आएका थिए । मनाङेले कानुनी जटिलताका कारण केही ढिलो भएपनि सपथ लिन पाउँदा खुशी लागेको बताउँदै भने– ‘ ९ महिना जेलमा बसेँ, अब केही दिन कुरौं भनेर कुरेको थिएँ ।’ उनले सरकारलाई राम्रो काममा सहयोग गर्ने बताए ।
मनाङले आफू कुनै पार्टीमा प्रवेश गर्ने विषयमा अहिले नसोचेको प्रतिक्रिया दिए । काँग्रेस राजनीतिक पृष्ठभूमि भएका मनाङे पछिल्लो समय बाम गठबन्धन निकट छन् । सपथको चाँजोपाँजोमा सहयोग मिलेको बुझेका मनाङे नेकपामा प्रवेश गर्ने सोचमा रहेको निकटवर्ती बताउँछन् । उनले मंगलबारको संसद बैठकमा सहभागी हुने बताएका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा