पोखरा, १५ माघ । अखिल नेपाल फुटबल संघ एन्फा, कास्की द्वारा आयोजित छैटौं मनकामना कप फुटबलको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब बिजयी भएको छ ।
हिमालयन शेर्पा विरुद्ध भएको उद्घाटन खेलमा एपिएएफ २–१ गोलले बिजयी भएको हो । खेलको २६ औं मिनेटमा आशिष लामाले २१ यार्ड टाढा बाट हानेको प्रहार हिमालयन शेर्पाका गोल रक्षक किशोर गिरीलाई छल्दै गोलमा परिणत भएको थियो । खेलको ५४ औं मिनेटमा हिमालयन शेर्पाका अमर डगोलले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए पनि त्यो लामो समय टिकेन ७८ औं मिनेटमा विदेशी खेलाडी यूरिच शिबीको डि बक्स भित्रको ह्याण्डमा रेफ्रिले पेनाल्टी दिए । कप्तान शुदिप शिखाकारले पाएको मौकालाई गोलमा परिणत गर्दै हिमालयन शेर्पालाई चितवनमा राइनो कपमा हारको बदला समेत चखाए ।
खेल पछि प्रतिक्रिया दिंदै एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले आफूहरु पोखरा जित्नका लागि आएको बताए । जितले अगाडीको यात्रा सहज बनाएको र टिमको मनोबल समेत उठाएको उनको भनाई थियो । तर हिमालयन शेर्पाका टिम म्यानेजर बिरेन्द्र पुडाशैनीले रेफ्रिको गलत निर्णयका कारण टिमले हार व्योर्हनु परेका बताए ।
बुधबारको खेल च्यासल यूबा क्लब र क्यामरुनको टिम विच हुने आयोजक एन्फा कास्कीले जनाएको छ । यसअघि भएको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पोखरा महानगरका मेयर मान बहादुर जिशीले पोखरालाई खेल पर्यटनको शहरको रुपमा माथी उठाउन कम्तिमा पनि ५० हजार दर्शक क्षमताको रंगशाला निर्माण हुनुपर्ने बताए । कार्यक्रम एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा भएको थियो ।
दर्शक टाट माथि
पोखरा स्टेडियम निर्माण शुरुहुन एक वर्ष भन्दा वढी भइसक्यो । अहिले पोखरा स्टेडियमको हालत २०३८ साल भन्दा अघिको अवस्थामा पुगेको छ । एन्फा कास्कीले केही सिप नलागे पछि दर्शकलाई फुटबलको मनोरंजन लिन गर्न टाटको व्यवस्था गरेको छ । मैदानको पूर्वतर्फ भिरालो भागलाई सफा गरेर दर्शकका लागि ब्यवस्था गरिएको हो । एन्फाले मैदानको पश्चिमतर्फ भने २ हजार दर्शकका लागि अस्थाई प्यारापिट बनाएको छ ।

७ महिनामा बन्छ भन्दै करिब दुई बर्ष अघि राष्ट्रिय खेलकुद परिषदले भत्काएको रंगशाला टेन्डर पश्चात निर्माण कम्पनीले अहिले डिपिआर तयार गर्दैछ भने माटो परिक्षण पनि हुँदैछ ।

पोखराबाट सञ्चालित खेलकुदको मात्र वेब पोर्टल पोखरा स्पोर्टस् डटकमबाट:
सम्बन्धित खबर
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो