पोखरा, १६ माघ । मनकामना केबलकार पोखरा कपमा क्यामरुनको डफिन्स टिम फेमेलीले बिजयी शुरुवात गरेको छ । क्यामरुनको डफिन्स टीमले च्यासल युथ क्लवबिरुद्ध १–० को कठीन जित निकाल्दै सुखद शुरुवात गरेको हो । क्यामरुनका लागि प्रिसोले निर्णायक गोल गरे । उनले खेलको दशौं मिनेटमै गोल गरेका थिए । इकोबेनले प्रहार गरेको बलमा उनले हेडर गोल गरेका हुन् ।
युवा खेलाडीले भरिएको च्यासल यूथ क्लब र पोखरामा पहिलो पटक खेलेको क्यामरुनको डफिन्स क्लब बिचको पहिलो हाफको १० मिनेटमा नै गोल गर्दै च्यासललाई दबाबमा राखेको थियो । कास्की जिल्ला फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा भइरहेको पोखरा कपमा क्यामरुनको यो पहिलो जित हो । यसअघी खप्तड गोल्डकप र ईटहरीमा भइरहेको मदन मेमोरियल गोल्डकपमा पहिलो खेलबाटै पराजित क्यामरुन पोखरामा भने जित निकाल्न सफल भएको हो ।
फिजिकल्ली बलियो क्यामरुनका खेलाडी बिरुद्ध च्यासल निरिह देखियो । टेक्निकल्ली र ट्याक्टीकल्ली उत्कृष्ट देखिएपनि च्यासल क्यामरुनका अग्ला खेलाडी सामु स्कोर निकाल्न भने असमर्थ भयो । यद्वपी दुबै टीमले आधा दर्जन बढी गोल गर्ने अवसर खेर फालेका थिए ।
बिजयी टीम क्यामरुनको डफिन्स टीम फेमेलीका कोअर्डिनेटर आशिक थापामगरले नयाँ ठाउँमा खेलाडीलाई एडजस्ट गर्न गाह्रो हुँदा सोंचेजस्तो खेल्न नसकेपनि पहिलो जित निकाल्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले क्यामरुनको डफिन्स टीम फेमेली त्यहाँको एकेडेमीमा रहेका खेलाडीहरुको टीम रहेको प्रष्ट्याए । उनले आगामी खेल खेल्नको लागि थप ३ जना स्ट्राइकर आउने जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत विहीबारको खेल स्थगित भएको छ । आयोजक पोखरा ११ सँग खेल्ने ब्रिगेड ब्याइज क्लव इटहरीमा भइरहेको मदन मेमोरियल गोल्डकपका लागि बस्नु पर्ने भएकाले विहीबारको खेल शुक्रबारलाई सारिएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । उनले प्राविधिक कारणले खेल सरेपनि सेड्यूल परिवर्तन नहुने उनले स्पष्ट पारे ।
तस्विरः सुरज श्रेष्ठ/गोलनेपाल डटकम
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला