पोखरा । गण्डकीका अधिकांश मन्त्रीहरु अहिले मेला महोत्सव उद्घाटनमै व्यस्त छन्। तर, मूख्यमन्त्रीले मन्त्रीहरुलाई कडाई गरेका छन् । गण्डकी प्रदेश सरकारका मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन प्रसारण भएपछि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पत्र नै लेखेर कडा निर्देशन दिएको छ।
मुख्य मन्त्री बाहेक सबै मन्त्रीहरुले ईन्धनमा दोहोरो सुविधा लिँदै आएको खुलेको छ । केन्द्र सरकारमा पनि प्रधानमन्त्री र अर्थमन्त्री बाहेक सबै मन्त्रीहरुले दोहोरो सुविधा लिएको समाचार सार्वजनिक भएपछि नागरिक स्तरबाट चर्को विरोध भएको थियो ।
गण्डकीका मन्त्रीहरूलाई मासिक रूपमा १५० लिटर इन्धन गराउँदै आएपनि त्यतिले नपुगेर उनीहरूले नियमविपरीत आफ्नै मन्त्रालयबाट एकसय ५० लिटर भन्दा बढि थप इन्धन प्रयोग गरेकोबारे थाहा भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्र लेखेर निर्देशन दिएको बताईन्छ ।
मुख्यमन्त्री कार्यालयले उद्घाटन जस्ता स–साना कार्यक्रमको भ्रमण आदेश नपाउने भनेर पत्रमै उल्लेख गरी निर्देशन गरेको छ। आफ्नो मन्त्रालयकोबाहेक अन्य काममा पनि सहभागी हुन थालेपछि मुख्यमन्त्री कार्यालयले त्यसो नगर्न मन्त्रीहरुलाई निर्देशन गरेको छ। त्यस्तै प्रदेशको राजधानीबाट नजिक रहेका जिल्लामा मन्त्रीहरुले कति दिनको भ्रमण आदेश पाउने भन्नेबारे पनि पत्रमा उल्लेख गरिएको छ। यस विषयमा विभिन्न चरणमा मुख्यमन्त्री कार्यालयमा बैठक बसी निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। पत्रमा तनहुँ, स्याङ्जा, गोरखा र लमजुङ जान मन्त्रीहरूलाई एक दिनको मात्र भ्रमण आदेश मुख्यमन्त्री कार्यालयबाट स्वीकृत हुने उल्लेख छ। अरु जिल्लामा भने दुई दिनसम्मको भ्रमण आदेश पाउने बताइएको छ।
सार्वजनिक लेखा समितिको चासो
यसअघि नै गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिले मन्त्रीहरुले ईन्धनमा दोहोरो सुविधा लिएको प्रति चासो देखाएको छ । मंगलबार बसेको समितिको बैठकले सम्बन्धित मन्त्रालयसँग यस विषयमा जानकारी माग्ने निर्णय गरेको हो ।
सञ्चारमाध्यममा यस विषयमा समाचार आएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै समितिले ७ दिनभित्रै विवरण उपलब्ध गराउन माग गर्ने निर्णय गरिएको समितिका सभापति कुमार खड्काले जानकारी दिए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा