पोखरा, माघ १९ । पोखराको मासबारमा अपरिचित व्यक्तिहरुले सरकारी गाडी जलाइदिएका छन् । पोखरा महानगरपालिका कार्यालयको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाईएको हो ।
गाडी पोखरा महानगरको भएपनि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीले प्रयोग गर्दै आएको थियो । घरेलु कार्यालय अगाडी गाडी जलाईएको हो ।
प्रहरीले नेपाल विद्यार्थी संघले गाडी जलाएको हुन सक्ने आशंका गरेको छ । पछिल्लो समय नेवि संघ आन्दोलनमा छ । ‘सेतो स्कुटरमा आएका युवाहरुले गाडी जलाएका भन्ने सुनेका छौं । नेविसंघमाथि आशंका छ, कास्की प्रहरी प्रमुख एसपी ओम रानाले भने–हामी खोजी गरिरहेका छौं । केही शंकास्पद ब्यक्तिमाथी निगरानी बढाएका छौं ।’
https://www.facebook.com/radiosafalta/videos/376375396507880/
आज सरकारी गाडी चल्न नदिने नेविसंघको निर्णय भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए । नेविसंघ माथी आशंका गरिएपनि कसले जलायो भन्ने अहिलेसम्म पुष्टि भने भएको छैन ।
स्थानीयका अनुसार दुई ब्यक्ति गाडी चालकलाई ओर्लन लगाएर पेट्रोल छर्किएर आगजनी गरी फरार भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



डिएनए नेपालको सहयोगमा । तस्विरहरुः फेसबुकबाट ।
सम्बन्धित खबर
बाढीबाट भएको जनधनको अकल्पनीय क्षतिप्रति प्रदेश प्रमुख भट्टद्वारा दुःख व्यक्त
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन