पोखरा । सरकारी सम्पती सार्वजनिक सम्पति हो । यो मित्र शत्रु कसैको होइन, हाम्रो आफ्नै हो । सार्वजनिक सम्पति बिदाका दिन सरकारी कर्मचारीले दुरुपयोग गरेको भेटिएमा त्यसलाई नियन्त्रणमा लिएर कारबाहीका लागि सिफारिस गर्नुपर्ने थियो । तर, पेट्रोल छर्केर आगजनी गरिएको छ । त्यो पनि पढेलेखेका विद्यार्थीबाटै । नेपाली काँग्रेको विद्यार्थी संगठन नेपाल विद्यार्थी (नेवि) संघका विद्यार्थीहरुले पोखरा महानगरले शिक्षा शाखालाई दिएको गाडीमाथि नै आगजनी गरेका छन् । शनिबार विहान पोखरा महानगरको बा१झ ५८७९ नम्बरको गाडी आगजनी विद्यार्थीले नै गरेको पुष्टि भएको हो ।
नेविसंघका ५ विद्यार्थी नेता पक्राउ
पोखरा महानगरको गाडीमा आगजनी गर्ने ५ जना काँग्रेस समर्थित नेवि संघका स्थानीय नेताहरु पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरु सबै आफ्नो संगठनका विद्यार्थीलाई नेतृत्व गर्ने हैसियतका छन् । नेविसंघ कार्यकर्ता परशुराम बस्नेत र लक्ष्मी प्रसाद पौडेल, नेवि संघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल, ला ग्राण्डि कलेज सभापति विनय पौडेल आगजनीमा संलग्न छन् ।
लेकसाइडमा रहेको होटल रिदमको कोठा नं. १०२ बाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट बा५६प ३४८६ नं.को मोटरसाइकल, ग१४प १७२९ र ग८प १६८९ नं को स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जाजनकारी दिएको छ ।
जिम्मा नेवि संघले नै लियो
घटनापछि पोखरा महानगरको गाडी आगजनीको जिम्मा नेपाल विद्यार्थी संघले लियो । नेविसंघ पुर्व केन्द्रीय सदस्य सरोज केसीले गाडी आगजनी गरेको बताएका छन् । शनिबार देशभरका सरकारी गाडी चल्न नदिने पुर्व निर्धारित कार्यक्रम अनुसार नै गाडीमा आगजनी गरिएको उनले बताए । आज देशभरका सरकारी गाडी नेविसंघको निगरानीमा रहेको समेत उनले जनाएका छन् ।
सम्बन्धित समाचार:
http://gandaknews.com/sarkari-gadi/
सम्बन्धित खबर
फेवातालमा बेपत्ता युवकको शव फेला
पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्