आर्मीले हिँउ हटाएपछि मनाङमा विद्यालय सञ्चालन (फोटो फिचर)

आर्मीले हिँउ हटाएपछि मनाङमा विद्यालय सञ्चालन (फोटो फिचर)

Manang hiu (1)

नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा बिद्यालय सञ्चालनमा आएको छ । यस बर्ष बाक्लो हिउँ परेका कारण बिद्यालय सञ्चालनमा समेत समस्या परेको छ । माघ २१ गते श्री रण दल गण मनाङको नेपाली सेनाद्वारा लोकप्रिय माध्यामिक बिद्यालयको प्राङगणमा जमेको हिउँ हटाए पछि मात्र बिद्यालय सञ्चालनमा आएको हो । माघ १६ गतेबाट बिद्यलाय सञ्चालन गरिने भनिए ता पनि बाक्लो हिमपातका कारण बिद्यालय सञ्चालन गर्न नसके पछि थप ४ दिन बिदा थप गरि माघ २१ गतेबाट बिद्यालय सञ्चालन गरिएको हो श्री लोक प्रिय माध्यामिक बिद्यालयका प्र.अ सुरेश कुमार थापाले बताए ।

 

माघ २१ गतेबाट बिध्यालय सञ्चालन गरिएता पनि बिद्यालयको प्राङगणमा बाक्लो हिउँ जमेका कारण माघ २१ गते मनाङमाको नेपाली सेना द्धरा बिद्यालयको प्राङगणमा जमेको हिउँ हटाए पछि मात्र बिद्यालय पुर्ण रुपमा सञ्चालमा आएको हो । करिब एक महिनाको जाडो बिदा पस्चात उतm बिद्यालय पुन सञ्चालनमा आएको हो । मनाङ जिल्लाको अन्य बिद्यालयहरु भने फागुन १ गतेबाट मात्र सञ्चालन हुने भएको शिक्षा बिकास तथा समन्य ईकाइ मनाङका प्रमुख खुलानाग गौतमले बताए ।

अहिले सम्म पनि मनाङ जिल्लाको तापक्रम माइनस १० देखि २० सम्मको सेरोफेरोमा रहेको छ । मनाङ जिल्लाको माथिल्लो भेगमा तिन महिना र तल्लो भेगमा साढे दुई महिना बिद्यालय बन्द हुने गरेकोमा चामेको लोकप्रिय माध्यामीक बिद्यालयमा भने बिभिन्न बिदाका कारण चाढै बिद्यालय सञ्चालन गर्नु परेको बिद्यालयका प्र.अ सुरेश कुमार थापाले बताए । थापाका अनुसार सदरमुकाम चामे वरिपरिका करिब एक सय बिद्यार्थीहरु मात्र बिद्यालय आएको र नासोँ गाउँपालिकाको धारापानी गाउँ भन्दा तलका र बाहिरी जिल्लाका बिद्यार्थीहरु भने बाक्लो हिउँका कारण सडक अवरुद्ध भएकोले आई नसकेको थापाले बताए ।

सो बिद्यालयका सबै शिक्षकहरु र अन्य बिद्यालय सहयोगी कर्मचारीहरु आई सकेको बिद्यालयका प्र.अ.सुरेश कुमार थापाले बताए । उक्त बिद्यालयमा हाल तिस जाना शिक्षक र अन्य सहयोगी कर्मचारी सहित गरी ४० जना शिक्षक कर्मचारी रहेका छन । बिद्यालयमा २६१ जना बिद्यार्थीहरु रहेका छन । मनाङ जिल्लामा हाल सम्म २६ वटा सामुदायिक बिद्यालय र कक्षा १२ सम्म पढाई हुने माध्यामिक बिद्यालय २ वटा रहेका छन भने अन्य सबै आधारभुत बिद्यालयहरु हुन । सबै ठाउँमा हिउँ नहटेका कारण पुर्णरुपमा बिद्यार्थी भने आई नसकेको बिद्यालयका प्र.अ सुरेश कुमार थापाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ