पोखरा । पोखरा र आसपासका क्षेत्रमा शनिबार व्यपाक मात्रामा हिउँ परेको छ । पोखरा महानगरपालिका वडा नम्बर २३ पञ्चासे, अन्नपुर्ण गाउँपालिकाको लुम्ले, अष्ट्रियन क्याम्पमा बाक्लो हिउँ परेको छ । पञ्चासेमा करिब ४ फिट र अष्ट्रियन क्याम्पमा करिब १ फिट सम्म बाक्लो हिउँ जमेको छ ।
पोखराबाट नजिकै भएका कारण लुम्ले, पञ्चासे र अष्ट्रियन क्याम्पमा पोखराबाट युवायुवती हिउँ खेल्न जाने क्रम सुरु भएको छ । यस्तै, पोखराबाट नजिक रहेको सिक्लेस गाउँमा पनि बाक्लो हिउँ जमेको पत्रकार देवीजंग गुरुङले जानकारी दिए । बिहान ८ बजेबाट हिउँ पर्न सुरु भएको गुरुङले जानकारी दिए ।
हिउँ परेपछी गाउँ सेताम्मे देखिएको छ । हिउँ परेसँगै गाउँले र पर्यटकहरु हिउँमा रमाइरहेका छन् । एक साता अघि गाउँ माथि रिसिङ डाँडासम्म हिउँ परे पनि शनिबार भने गाउँमै हिउँ परेको हो । सरकारले सिक्लेसलाइ पर्यटकिय गाउँ घोषणा गरे पछि पर्यटकहरु बढेको र हिउँ पर्ने भएपछि अझ बढ्ने अनुमान गरिएको छ ।
पोखरामा पछिल्लो चौबिस घण्टामा ३५.७ मिलिमिटर वर्षा भएको छ । यस्तै, अधिकतम तापक्रम १८.९ डिग्री सेल्सियस छ भने न्युनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सिक्लेसमा हिमपातका केही तस्बिर:





लुम्लेमा हिमपातका केहि तस्विरः


तस्विरः राज गुरुङ/देवीजंग गुरुङ
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा