पोखरा । गत माघ २९ गते पोखराको लेकसाइडमा १४ वर्षीय बालक सचिन सिञ्जालीको हत्यामा संलग्न कुमार गर्बुजा भनेर प्रहरीले केहि घण्टामै सार्वजनिक गरेको थियो । तर, हत्यारा समातेको हर्षमा हौसिएको प्रहरी अभियुक्तको वास्तविक नाममै चुकेको छ । कास्की प्रहरीले छिटो घटना सार्वजनिक गर्ने नाममा गलत सुचना दिएर अनुसन्धान माथि नै प्रश्न चिन्ह समेत खडा गरेको छ । ‘बेनी काले’ भनिने भनेर कुमारको घर बेनी हुन सक्ने सुरुमा आशंका समेत गरिएको थियो । तर पछि पर्वत भन्ने पत्ता लागेको थियो ।
हत्याका मुख्य अभियुक्त कुमार गर्बुजा भनि सार्वजनिक गरेको थियो । तर, कुमारको वास्तविक थर गर्बुजा नभई दर्जी (परियार) भएको खुलासा भएको छ । कास्की प्रहरीले अभियुक्त्तको भनाईलाई मात्र आधार मानेर उनका आफन्त तथा सम्बन्धित जिल्लाका प्रहरीसँग समेत समन्वय नगरी गलत सूचना प्रवाह गरेको थियो । आमाको थर गर्बुजा भनेर ढाकछोप गर्न खोजिएपनि कुमारकी आमा गर्बुजा नभई चमेली दमाई हुन् । यसबारे पोखरा न्यूज डटकमले उनको बुबाको भनाई, कुमारका विगत, उनको आचरण सम्बन्धमा विस्ततृमा समाचार प्रकाशित गरेको छ । हेर्नुहोस् …
पोखरामा बालक हत्याका आरोपी कुमारको थर गर्बुजा नभई दर्जी भएको खुलासा, अनुसन्धानमा प्रहरीको लापरबाही !
उसो त, प्रहरी अहिले चुक्दै गएको गुनासो गरिन थालेका छन् । पत्रकार सम्मेलनमा युट्युबे हाबी हुँदा समाचार लेख्ने पत्रकारले ठाउँ नपाउनु, पक्राउ गरिएका व्यक्तिलाई आफ्नै उपस्थितिमा अन्तर्वार्ता गर्न दिनु लगायतका कार्यको विरोध भइरहेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु