पोखरा : आज फागुन ४ गते । गण्डकी प्रदेश सरकार गठन भएको दिन । यस अवसरलाई नै प्रदेश दिवस घोषणा गरिएको छ । यस अवसरमा शनिबार प्रदेश सरकारले गएको १ वर्षमा गरेका १२७ बुँदे उपलब्धि सार्वजनिक गरेको छ।
६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा पार्टी एकीकरणअघि नै तत्कालीन एमाले र माओवादी केन्द्रले गठबन्धन सरकार बनाएका थिए । ती पार्टी नेकपा बनिसक्दा सत्तारुढ दलसँग ३७ सांसद छन् । प्रतिपक्ष कांग्रेस १५ जनासहित प्रदेश सभामा उपस्थित छ । राजमोका २ र नयाँ शक्तिका २ सांसद छन् । एक स्वतन्त्र सांसद छन् । राजमोका १ सांसदको पुस ६ गते निधन भएपछि बागलुङ २ को ख निर्वाचन क्षेत्र रिक्त छ ।
माघ २८ गते प्रदेशसभामा तत्कालीन एमालेका संसदीय दलको नेता चुनिएपछि पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते प्रमुख बाबुराम कुँवरबाट मुख्यमन्त्रीको सपथ लिएका थिए । गोरखाबाट निर्वाचित रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएर २ सदस्यीय मन्त्रिमन्डल बनाएका उनले सोही दिन मन्त्रिपरिषदको बैठक राखेका थिए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिलो वर्ष कानुन निर्माणको वर्ष भएको बताउँछन् । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ आर्थिक वर्षको अन्त्यसम्म बजेट कार्यान्वयन ७० प्रतिशतभन्दा बेसी हुने बताउँछन् ।
यस्ता छन् गण्डकी सरकारका १२७ बुँदे उपलब्धि:
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”20640″ /]
श्रोतः अन्नपूर्ण पोष्ट
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’