पोखरा : आज फागुन ४ गते । गण्डकी प्रदेश सरकार गठन भएको दिन । यस अवसरलाई नै प्रदेश दिवस घोषणा गरिएको छ । यस अवसरमा शनिबार प्रदेश सरकारले गएको १ वर्षमा गरेका १२७ बुँदे उपलब्धि सार्वजनिक गरेको छ।
६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा पार्टी एकीकरणअघि नै तत्कालीन एमाले र माओवादी केन्द्रले गठबन्धन सरकार बनाएका थिए । ती पार्टी नेकपा बनिसक्दा सत्तारुढ दलसँग ३७ सांसद छन् । प्रतिपक्ष कांग्रेस १५ जनासहित प्रदेश सभामा उपस्थित छ । राजमोका २ र नयाँ शक्तिका २ सांसद छन् । एक स्वतन्त्र सांसद छन् । राजमोका १ सांसदको पुस ६ गते निधन भएपछि बागलुङ २ को ख निर्वाचन क्षेत्र रिक्त छ ।
माघ २८ गते प्रदेशसभामा तत्कालीन एमालेका संसदीय दलको नेता चुनिएपछि पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते प्रमुख बाबुराम कुँवरबाट मुख्यमन्त्रीको सपथ लिएका थिए । गोरखाबाट निर्वाचित रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएर २ सदस्यीय मन्त्रिमन्डल बनाएका उनले सोही दिन मन्त्रिपरिषदको बैठक राखेका थिए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिलो वर्ष कानुन निर्माणको वर्ष भएको बताउँछन् । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ आर्थिक वर्षको अन्त्यसम्म बजेट कार्यान्वयन ७० प्रतिशतभन्दा बेसी हुने बताउँछन् ।
यस्ता छन् गण्डकी सरकारका १२७ बुँदे उपलब्धि:
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”20640″ /]
श्रोतः अन्नपूर्ण पोष्ट
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो