काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितले प्रविधिको प्रयोग गरेर निष्पक्षतापूर्वक जिम्मेवारी पुरा गर्ने कर्मचारीलाई पुरस्कृत र अल्छी मान्ने कर्मचारीलाई दण्डित गर्ने बताएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा आयोजित नवनियुक्त तृतिय श्रेणीका अधिकृतहरुको ३३ औं आधारभुत प्रशिक्षण समापन समारोहमा मन्त्री पण्डितले यस्तो बताएका हुन् । ‘मुलुक परिवर्तन भएसँगै कर्मचारीमा पनि परिवर्तन आउनुपर्छ,’ मन्त्री पण्डितले भने, ‘अहिले मुलुक संघीयतामा गएको छ , कर्मचारी पनि संघीय संरचना अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा जानुपर्छ ।’
मन्त्रि पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया शुरु गर्ने बताए । उलने भने, ‘समायोजन सकिएलगत्तै १५ देखि २० हजार कर्मचारीको नयाँ भर्ना शुरु हुनेछ ।’ नवनियुक्त कर्मचारीलाई हसिलो मुहार भएर राष्ट्र सेवामा लाग्न समेत आग्रह गरे। उनले राष्ट्रलाई कमजोर बनाउने काम कर्मचारीले गर्न नहुने भन्दै निजी स्वार्थभन्दा राष्ट्रको सेवा गर्न लाग्नुपर्ने बताए। मन्त्री पण्डितले कर्मचारीलाई अनुशासन र जिम्मेवारी बनाउने गरी नयाँ कानूनमा प्रस्ताव ल्याएको समेत जानकारी गराए।
मन्त्री पण्डितले भर्खरै कर्मचारी समायोजन विधेयकको संसदबाट सर्वसम्मत रुपमा पारित भएको भन्दै अब यही महीनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसद्मा पेश गर्ने बताए। उनले प्रशासनमा भएको विसङ्गति र विकृति पूर्णरुपमा हटाउनेसमेत बताए। उनले मन्त्रालयका सबै काम प्रविधिबाट समेत गर्ने बताए। ‘‘यसपटक समायोजनको काम प्रविधिबाट भएको छ । अब सबै कुरा सफ्टवेयरबाट काम गर्दैछु’’ उनले भने, ‘‘सरुवा प्रणाली पनि सफट्वेयरबाट विकास गर्न लागेको छु ।’’
कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक ईश्वर नेपालले तालीममा सिकेका आचरण र व्यवहार आफनो कार्यक्षेत्रमा राम्रोसँग लागू गर्नुपर्ने बताए।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले तीन महीनामा सिकेका कुरालाई व्यवहारमा उतारेर जनतालाई सेवा दिनुपर्ने बताए। उक्त प्रशिक्षणमा १७२ जनालाई नवनियुक्त अधिकृत सहभागी रहेका थिए।
नवनियुक्त तृतिय श्रेणीका अधिकृतहरुको ३३ औं आधारभुत प्रशिक्षण समापन समारोहमा अधिकृत शारदा मरासिनीसहित १५८ जना कर्मचारीलाई मन्त्रि पण्डितले प्रमाणपत्र वितरण गरेका थिए । प्रशिक्षणमा १७२ जना नवनियुक्त अधिकृतहरु सहभागी भएका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार