दाह्री पाल्ने र नभएपनि सौख हुनेहरु संगठित भएर सामाजिक सञ्जाल फेसबुकमा बनेको समूह ‘दाह्री ग्याङ’ ले तेस्रो वर्ष पूरा गरेको छ । काठमाण्डौं, पोखरा सहित समूह सक्रिय भएका ठाउँमा युवाहरुले विविध कार्यक्रमका साथ मनाएका छन् ।
तीन वर्ष अघि जेठ अन्त्यतिर पोखरामा दाह्री सौखिन समूह एकीकृत भएपनि फेसबुकमा समूह बनेको मिति अनुसार फागुन ६ गते दाह्री ग्याङको स्थापना दिवस मनाइएको हो ।
दाह्री ग्याङ समूहले रक्तदान तथा आकस्मिक रगत चाहिएको खण्डमा सहयोग, ह्वाईट बोर्ड वितरण, मृगौला लगायतका पीडितहरुलाई अर्थ संकलन अभियान, ट्राफिक सचेतना, डस्टविन वितरण, विद्यालयहरुमा भौतिक तथा शैक्षिक सहयोग लगायतका कार्यक्रम गरिसकेको छ । पोखराका मेम्बरहरु स्थापनाकालीन समयदेखि नै सक्रियतापूर्व सामाजिक सेवामा समर्पित छन् ।
सोमबार पनि औपचारिक समारोह आयोजना गरी केक काटेर वार्षिकोत्सव मनाएको छ । प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, कास्की शाखा प्रमुख डोलराज पाण्डेले युवाहरुले पढाइ र कामबाट बचेको समयमा सामाजिक गतिविधि गर्दै आएकोमा खुशी व्यक्त गरे । उनले दाह्री ग्याङ पोखराले विभिन्न सामाजिक कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्दै निरन्तरताका लागि आग्रह गरे ।

दाह्री ग्याङका बारेमा तथा कार्यक्रम माथि दाह्री ग्याङका पूर्व संयोजक शेखर गौतमले जानकारी गराएका थिए । दारी ग्याङ पोखराका संयोजक बसन्त पहारीको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, गैह्र सरकारी संस्था महासंघ कास्की अध्यक्ष पदम पहारी, इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेल, नागरिक समाज सञ्जाल संयोजक बिष्णु बराल, पोउबा संघ सदस्य सोभियत पौडेल, स्टेप अप क्याम्पेन गोपाल श्रेस्ठ, क्षेत्रीय रक्तसंचार केन्द्रका ध्रुब लामिछाने, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की अध्यक्ष तीर्थराज अवस्थी लगायतको उपस्थिति रहेको थियो ।

संयोजक बसन्त पहारीले पोखरा र देशभर गरेका कार्यहरुको स्लाइड शो मार्फत प्रस्तुति राखेका थिए । दारी ग्याङलाई सहयोग गर्नुहुने सबै क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाइ सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

छिट्टै नै दारी ग्याङ नेपाल भरिको विस्तृत भेला आयोजना गरिने र ग्रुप दर्तासँगै नयाँ विचारका साथ अघि बढ्ने निर्णय गरिएको छ । महेन पहारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन अभिमन्यु बिक्रम पाण्डेले गरेका थिए ।

सम्बन्धित समाचारः
‘दाह्री ग्याङ’ दोस्रो वर्ष पूरा, रगत खोज्ने Mobile App DG Donor लञ्च, जिल्ला-जिल्लामा के भए ?
दोहोरो धर्मः ‘मन्दिरमा पूजाआराधाना, गेटमा रक्तदान’ (फोटो फिचर)
पोखराका दाह्री युवाहरुको ‘युवा दिवस’ मा गज्जब कार्यक्रम, २०१ युनिट रक्त संकलन (फोटो फिचर)
फेवाताल सफाईमा यसरी जुट्यो ‘दाह्री ग्याङ’ (हेर्नुहोस् फोटो/भिडियो)
पोखराको पोल पोलमा ‘दाह्री ग्याङ’
पोखरामा दाह्री ग्याङको रक्तदानमा १०३ युनिट संकलन (हेर्नुहोस् तस्विरहरु)
‘दारी प्रेमी अघि बढ्दैछन् लिन सामाजिक जिम्मेवारी’, दाह्री ग्याङ पोखरा संयोजकमा गौतम (फोटो फिचर)
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने