राष्ट्रबादी नेता लालबाबु पण्डितको जीवनलाई पुस्तककै रुपमा पढ्न पाईने भएको छ । अब एक हप्ताभित्रै पब्लिकेसन नेपालयले सार्वजनिक गर्ने तयारी गरेको छ ।
‘सिंहदरबार बदल्ने संघर्ष’ नामाकरण गरिएको यो पुस्तक यसै महिनाभित्र सार्वजनिक हुने नेपालयले जनाएको हो । पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् ।
आसन्न प्रतिनिधि सभाकाो चुनावमा लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६ बाट उठ्दैछन् । उनको प्रतिष्पर्धा नेपाली काँग्रेसा नेता डा. शेखर कोईरुालासँग हुनेछ । सामान्य प्रशासन मन्त्री हुँदैमा वाहवाही कमाएका स्वच्छ छविका लालबाबुलाई जनताले जिताउनेमा उनी ढुक्क छन् ।
लालबाबु पण्डित नेपाली राजनीतिमा छुट्टै नाम हो । जो एमालेका पोलिटब्युरो सदस्य रहेपनि कुनै पनि दलमा आबद्ध कार्यकर्ताले उनको विरोध गर्न सक्दैनन् । विरोध गर्छन् त डिभी पिआर पाएर विदेश पलाएन भएपछि पनि सरकारी जागिर खानबाट वञ्चित भएकाहरुले, मधेशमा भूमिपुत्रमाथि हैकम जमाउनेहरुले, भ्रष्टाचार गर्न नपाएकाहरुले । सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हाल्दा शुशिल कोईरालाको मन्त्रीमण्डलमा वाहवाही कमाएका मन्त्री लालबाबु तराईकै भएपनि पहाड हिमालसम्म उत्तिकै चर्चित छन् ।
बहालवाला मन्त्री, सुरक्षा निकायका वरिष्ठ अधिकारीहरु, उच्च ओहदाका कर्मचारीहरु समेत डिभी पिआरधारी रहँदाको बखत उनकै वर्ष दिनसम्मको एकोहोरो ढिपी र अडानले डिभी पिआरधारी सरकारी जागिर र राजनीतिमा अयोग्य हुने ऐन पारित भएको थियो । यसका लागि ज्यानै गुमाउनुपर्ने धम्कीसँग पनि डराएनन् ।

पूर्वी तराईको अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका राजनीतिज्ञको जीवनीपुस्तक तराईवासीको महान पर्व छठको अवसर पारेर घोषणा गरेको हो। मन्त्री बनेको छोटो समयमा चर्चा कमाएका पण्डित मन्त्रीले कतिसम्म अडान राख्न सक्नुपर्छ भन्ने उदाहरण बनेका थिए। आम मानिसका दैनिक सरोकारभन्दा अलिक पर कर्मचारीको व्यवस्थापन गर्ने मन्त्रालय सम्हालेका पण्डितका नेकपा (एमाले) का नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवनसम्मका भोगाइ पुस्तकमा समेटिएको नेपालयले जनाएको छ।
‘पहिलोपटक मन्त्री हुनेबित्तिकै जताततै विसंगति र विकृति देख्न थालेपछि परिवर्तनको पाइला आफैंबाट चाल्ने अठोट गरेको थिएँ’ पण्डित भन्छन् ‘त्यतिबेला गरेका कामहरुलाई मैले इमान्दारिताका साथ पुस्तकमा राखेको छु। समाज परिवर्तन र राष्ट्रप्रति समर्पित सबैखाले मानिसले यो पुस्तक पढ्नेछन् भन्ने विश्वास छ।’
‘यो पुस्तकमार्फत मैले आफू स्वयंलाई कसीमा राखेको छु,’ पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु ।’ पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ ।

सम्बन्धित खबर
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते