स्टार स्ट्राइकर नेइमार अहिले चोटबाट मुक्त हुने क्रममा छन् । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमार गएको जनवरीमा पाइतालाको हड्डी भाँचिएपछि मैदान बाहिर छन् ।
उनले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतका दुवै लेग गुमाएका छन् । म्यानचेस्टर युनाइटेडसँगको पहिलो लेग भएको छ भने दोस्रो लेग हुन बाँकी छ ।
चोटबाट मुक्त हुने क्रममा रहेका नेइमारले आफू चोटग्रस्त भएपछि लगातार दुई दिन रोएको बताएका छन् । फ्रेन्च कप अन्तर्गत स्टार्सबर्गसँगको खेलमा चोटग्रस्त भएका नेइमार अप्रिलमा मैदान फर्किने छन् ।
गएको वर्षको फेब्रअरीमा चोट लागेकै ठाउँमा यसपटक चोट लागेको हो । गएको वर्षको चोटपछि उनी जुनमा भएको विश्वकपका लागि मात्रै फिट भएका थिए ।
नेइमारले अहिलेको चोट झन गम्भीर रहेको बताएका छन् । २७ वर्षका नेइमारले ब्राजिलको टेलिभिजन च्यानल ग्लाबोसँग भनेका छन्, ‘योपटक मलाई चोटबाट बाहिर निस्कन झनै गाह्रो भएको छ । चोटग्रस्त भएपछि दुई दिनसम्म घरमै रोएर बिताएँ ।’
उनले भने, ‘यो पहिलोपटक हो म आफ्नै कारणले चोटग्रस्त भएँ, अप्रेशन गर्नु पर्ने छ । जतिसक्दो चाँडो यो समस्या समाधान हुनु पर्छ । म अहिले दुःखी छैन ।’
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन