प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत प्रकरणमा पहिलो पटक बोलेका छन् । बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै उनले शर्माको गीतलाई जनताले मन नपराएको बताएका हुन् ।
लोकगायक शर्माको नाम नलिइ प्रधानमन्त्री ओलीले भने, ‘एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट लुट केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’
शर्माको ‘लुट कान्छा लुट’ बोलेको गीत हालै सार्वजनिक भएको थियो । तर, सत्तारुढ नेकपा सम्बद्ध युवा संघले गीत नसच्याए बहिस्कार गर्ने धम्की दिएको थियो । लगतै शर्माले युट्युब च्यानलबाट आफ्नो गीत हटाएका छन् ।
तर, शर्माको गीतमाथि प्रतिवन्ध लगाउन खोजेको भन्दै सरकारको चर्को आलोचना भयो । प्रमुख विपक्षी कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसदमै शर्मालाई २५ हजार पुरस्कार दिने घोषणा गरे ।
तर, प्रधानमन्त्री ओलीले सिंहप्रति कटाक्ष गरेका छन् । सिंहको नाम नलिइ उनले एक सांसदले नेपालीलाई सुहाउने गीत किन हटाएको भन्दै २५ हजार पुरस्कार घोषणा गरेको सुनाए । उनले हाँस्दै भने, ‘अचम्म लाग्यो मलाई, कहाँ जान खोज्दैछौं हामी ।’
‘भावनामा बगेर एउटा गीत लेखे, युट्युबमा पनि हाले तर, सबैले राम्रो गरेनौं भाइ भनेपछि हटायो त सिध्यियो नि कुरा’, प्रधानमन्त्री ओलीले भनेका छन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख